काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बंजी नेपाल एडभेन्चर प्रा. लिबिच बंजी गर्ने ग्राहकलाई सुविधा प्रदान गर्नेबारे सहमति भएको छ।
सम्झौता पत्रमा बैंकको पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरका अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन्।
सो सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरेर बंजी गर्दा छुट पाउनेछन्। एकल बंजी गर्दा एक हजार र जोडी बंजी गर्दा १ हजार ५०० रुपैयाँसम्मको ‘कर्पोरेट डिस्काउन्ट’ प्राप्त गर्न सक्ने छन्।