शेयर बजारमा १६ अंकको उतारचढाव, हरियो भएर बन्द भयो सूचक, कारोबार रकम खस्कियो

बिजमाण्डू
२०७५ असार ७ गते १५:३४ | Jun 21, 2018

Tata
GBIME
Nepal Life

काठमाडौँ। साताको अन्तिम कारोबार दिन शेयर बजार झिनो अंकले वढेर बन्द भएको छ। दुई कारोवार दिन घटेको बजार बिहीबार ०.६२ अंकले बढेर १२१८.४६ अंकमा उक्लिएको छ।

दिनभरीमा १६३ कम्पनीका ६ लाख २३ हजार कित्ता शेयर १९ करोड ६६ लाख रुपैयाँमा कारोवार भयो। सबैभन्दा बढि नबिल बैकका संस्थापक शेयर ९३ लाख रुपैयाँ बराबरको कारोवार भएको छ।

कारोवारको सुरुवातदेखि घटेको बजार सवा एक घण्टासम्म आठ अंक घट्दै १२११ अंकसम्म ओर्लिएको थियो। त्यसपछि विस्तरै सुधारिएको बजारले घटेको अंक पूर्ति गर्दै आठ अंकको बृद्धि कायम गरेको थियो। धेरैबेर बृद्धि टिकाउ हुन नस्कदा अन्तमा सामान्य बृद्धिसँगै बजार वन्द भएको छ।

कारोवारमा आएका उपसूचक मिस्रित देखिएका छन्। १० समुहको कारोवारमा पाँच समुह बढेका छन् भने पाँचै समुह घटेका छन्। आरम्भ माइक्रो फाइनान्सका शेयरधनीले करिव आठ प्रतिशत कमाए। नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले करिव १० प्रतिशत गुमाए।