पाँच मन्त्रीसहित असार ५ गते चीन उड्दै प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति र समकक्षीसँग भेट हुने






काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीनको ६ दिने राजकीय भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत चीन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। 
 
त्यस्तै भ्रमण दलमा उच्च सरकारी अधिकारी निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले बुधबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो। 
 
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछ्याङसहितका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 
ओलीले बेइजिङमा नेपाल चीन बिजनेस फोरम र विद्वत समूहको फोरममा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा केही महत्त्वपूर्ण सम्झौता हुने छन्। यद्यपी सम्झौताका बारेमा मन्त्रालयले जानकारी गराएको छैन्। 
 
प्रधानमन्त्री ओली तिब्बतको राजधानी ल्हासासमेत जाने कार्यक्रम रहेको छ। त्यहाँ प्रान्तीय नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। 
 
चिनियाँ प्रधानमन्त्री लिको निमन्त्रणमा चीनको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीको दोस्रो पटक प्रधानमन्त्री भएसँगै हुन लागेको दोस्रो विदेश भ्रमण हो। 
 
यस अघि प्रधानमन्त्री ओली दक्षिणी छिमेकी चीनको भ्रमण गरिसकेका छन्। प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्किने छन्।



Share this Story

   

पाँच मन्त्रीसहित असार ५ गते चीन उड्दै प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति र समकक्षीसँग भेट हुने को लागी १ प्रतिक्रिया(हरु)

Drona[ 2018-06-14 07:26:22 ]
दक्षिणी छिमेकी चीनको भ्रमण गरिसकेका छन्।

   हालसम्म १७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.