बजारमा कस्ने चर्चा तर जुन व्यवस्थाले यसपाली पनि मौद्रिक नीतिमा निरन्तरता पाउँदैछन्

बिजमाण्डू
२०७५ असार २६ गते १०:०२ | Jul 10, 2018
बजारमा कस्ने चर्चा तर जुन व्यवस्थाले यसपाली पनि मौद्रिक नीतिमा निरन्तरता पाउँदैछन्


                                                                     
काठमाडौं। बजारमा घर, गाडीलगायतका क्षेत्रमा जाने ऋणमा कडाइ गर्ने चर्चा चलिरहेको छ। राष्ट्र बैंकका उच्च अधिकारीहरुका अनुसार, चालु मौद्रिक नीतिमा भएका ब्यवस्थाभन्दा थप कडिकडाउ गर्ने पक्षमा राष्ट्र बैंक छैन।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले घरजग्गा धितोमा दिइने ऋण, रियलस्टेटलगायत क्षेत्रमा दिइने ऋणमा कडाइ गर्दैछ भन्ने चर्चा छ। तर यसपाली यी बिषयमा राष्ट्र बैले पूरानै व्यवस्थालाई निरन्तरता दिने स्रोतहरुको दावी छ।

गाडी कर्जा ६५ बाट ५० मा झार्ने चर्चा चलिरहँदा मौद्रिक नीति लेखनमा संलग्न स्रोतहरुले यस बारेमा छलफलै नभएको बताएका छन्। निजी क्षेत्रलाई सुन आयात गर्न दिने नीति पनि राष्ट्र बैंकले ल्याउँदै छैन। बाणिज्य बैंकहरुले मात्र आयात गर्न पाउने ब्यवस्थाले निरन्तरता पाउने छ। शेयर धितो ऋणका कारण मार्जिन कलबाट समस्यामा परेका लगानीकर्तालाई केही राहत दिन लचकता अपनाउने पक्षमा राष्ट्र बैंक छ।