एनएमबी र ओम गाभिएर असोज १ गतेबाट एकिकृत कारोबार तयारी, ओमका १२९ ले लिए अवकाश

बिजमाण्डू
२०७६ भदौ २९ गते ०९:१८ | Sep 15, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। ओम डेभलमपमेन्ट बैंकलाई गाभेर एनएमबी बैंकले असोज पहिलो १ गतेबाट एकिकृत कारोबार गर्ने योजना बनाएको छ। 

राष्ट्र बैंकले एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णय गरिसकेको छ। पत्र भने दिइसकेको छैन। 

एनएमबि र ओमले जेठ २ गते मर्जरका लागि सहमति गरेका थिए।  एनएमबिको १०० रुपैयाँ बराबर ओमको  ७६ रुपैयाँ हुने गरी शेयर आदनप्रदान अनुपात कायम भएको छ।

मर्जरपछि एनएमबि बैंकको कूल पूँजी तथा जगेडा कोषमा बृद्धि भई २० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ।

बैंकले मर्जरअघि ओमका कर्मचारीको समायोजन गरिसकेको छ। बैंकका ४२० जना कर्मचारीमध्ये ११९ जनाले स्वेच्छिक अवकाश लिएका छन्। बैंकबाट ओमका प्रमुख कार्यकारी विश्वराज अधिकारीले पनि अवकाश लिएका छन्। यसबाहेक २ जना प्रबन्धकदेखि अफिसर र कार्यालय सहयोगीसम्मले अवकाश लिएका छन्। अवकाश पाएकाहरुले १२ देखि १८ महिनासम्मको तलब अतिरिक्त बुझेका छन्।