इम्पास्टो पिज्जेरियामाथि टोस्टम्यानको रिभ्यु, मुखै रसाउने पिज्जा, फ्यान बनाउने स्पाइसी चिकेन

बिजमाण्डू
२०७६ भदौ २७ गते १०:०५ | Sep 13, 2019
इम्पास्टो पिज्जेरियामाथि टोस्टम्यानको रिभ्यु, मुखै रसाउने पिज्जा, फ्यान बनाउने स्पाइसी चिकेन

फुड लभरहरुलाई रेष्टुरेण्ट, होटल, त्यहाँ उपलब्ध हुने खाना, त्यो खानाको मेनु जस्ता जानकारी दिन बिजमाण्डूले टोस्टम्यान (फुडसम्वन्धी मोवाइल एप)सँगको साझेदारीमा यो सिरिज सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

के तपाई पिज्जा प्रेमी हो? यदि हो भने विभिन्न ५० प्रकारका पिज्जाहरुको बारेमा थाहा पाउन तयार हुनुहोस्। तपाईले सहि सुन्नुभयो, ५० फरक स्वादका जिब्रो नै लट्ठाउने पिज्जा। जसमा १० वटा भेराइटी त शाकाहारी नै छन्।

टोस्टम्यानले बौद्धको मुटुमै रहेको गज्जबको पिज्जा पाइने ठाउँ पत्ता लगाएको छ – इम्पास्टो पिज्जेरिया, जसलाई धेरै ग्राहकले मन पराएर यहाँ फाइभ स्टार रेटिङ दिएका छन्।

इन्स्टाग्राममा ३५ हजारभन्दा बढि फलोअर भएको उपत्यकाका प्रसिद्ध फूड ब्ल्गर 'फूड नेपाल'ले पनि इम्पास्टोको पेजमा उत्कृष्ट रिभ्यु लेखेको छ।

ब्लगर लेख्छन, 'इम्पास्टो पिज्जारिया स्वादिलो पिज्जा र मुखै मिठाउने स्न्याक्सहरुको लागि मेरो मनपर्ने ठाउँहरू मध्ये एक हो। यहाँ आउँदा मैले जहिले पनि बफेलो चिकन पिज्जा नै अर्डर गर्छु।

किनकी पग्लिरहेको चिज र टपिंग्सको तल रहेको बफेलो ससमा केही त छ जसले मलाई पटक पटक लोभ्याउँछ। मिट लभर पिज्जा हाम्रो अर्को रोजाइ हो। स्न्याक्सको लागि मंगोलियन चिकेन, पनीर सिक्स्टी फाइभ र चिकन फिंगर पनि छन्।'

'स्पाइसी चिकेन मैले अन्य रेस्टुराँमाभन्दा केही फरक पाएँ। थाई ससमा डुबाइएका गुलियो पिरो चिकेनका टुक्रा निकै स्वादिलो छ। यो मलाई असाध्यै मन पर्‍यो। यसको मुल्य करबाहेक २८० रुपैयाँ छ।'

इम्पास्टोमा ५० प्रकारका पिज्जा मात्रै नभइ पनीर सिक्स्टीफाइभ जस्ता असाध्यै स्वादिलो स्टार्टर स्न्याक्स पनि छन्। त्यति मात्र नभइ यहाँका उत्कृष्ट ६५ सेरिज (जस्तै क्रन्ची, क्रिस्पी र फ्राइड)ले  ग्राहकलाई फ्यान नै बनाएको छ। यसको मुल्य कर बाहेक ३५० रुपैयाँ छ।

पनीरसँग मिल्ने धेरै फ्लेवरका कारण यहाँको सस निकै स्वादिलो लाग्छ। यसले पनीरलाई अझ मिठो बनाउँछ।

अन्तमा यहाँ डेजर्ट पनि उत्तिकै स्वादिलो । डेजर्टमा हामीले फ्राइड आइसक्रीम, तीन प्रकारका अन्य आइसक्रिम र आइसक्रीमसहितको ब्राउनी खायौँ। यसको मुल्य २५० रुपैयाँ मात्र छ। यहाँ ब्राउनी पनि थरी थरीका छन्।

इम्पास्टो चाबहिलमा केएल टावर नजिकै छ। यसको लोकेसन टोस्टम्यानबाट पनि हेर्न सकिन्छ। पहिलो तल्लामा रहेको यो रेस्टुराँ पर्यटकहरुका लागि निकै नै लोकप्रिय छ। इम्पास्टो हरेक दिन बिहान ९ वजेदेखि बेलुका ९ वजेसम्म खुला रहन्छ।

इम्पास्टोको बारेमा टोस्टम्यान एपबाट थप जानकारी लिन सकिन्छ।

जसको लागि तपाईले टोस्टम्यानको एप डाउनलोड गर्नु पर्ने हुन्छ। त्यहाँ आफ्नो एकाउन्ट बनाएपछि तपाईंले त्यहाँ धेरै जानकारी लिन सक्नुहुन्छ। टोस्टम्यानको एपमा फूड रिभ्युका साथसाथै अन्य थुप्रै जानकारीहरु पनि उपलब्ध छन्।

साथै, एपमार्फत तपाईंले २० प्रतिशत छुट पाउन सक्नुहुन्छ। त्यसका लागि अफर ट्याबमा जाने, गेट प्रोमोकोडमा क्लिक गर्ने र पाएको कोडलाई रेस्टुराँमा देखाएपछि छुट पाउन सकिन्छ।

यो सिरिजमा तपाईं पनि आफ्नो रेष्टुरेण्ट, लाउन्ज, बार, होटललाई सहभागी गराउन चाहनुहुन्छ भने  [email protected] वा [email protected] मा मेल गर्नुहोस्।