बुबाको मुख हेर्ने दिनका लागि एनसेलको सर्ट फिल्म कम्पिटिसन, पहिलो विजेताले पाए एक लाख पुरस्कार

बिजमाण्डू
२०७६ भदौ १३ गते ११:२५ | Aug 30, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं । एनसेलले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समुहले बनाएको ‘बुवा’फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिताको थिम बुवा रहेको थियो ।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आवहान गरेको थियो। यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभालाई चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको एनसेलले जारी प्रेस विज्ञप्तीमा छ। प्रतियोगितामा७० वटा भन्दा बढि सर्ट फिल्मले सहभागीता जनाएका थिए। 

निर्णायक मण्डललाई उत्कृष्ट १० विजेता छान्न हम्मे हम्मे परेको थियो। उक्त निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाँई रहेका थिए।

कमल सुबेदी र उनको समुहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप एक लाख नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन्। यसका साथै यो समुहले निर्देशक आसिफशाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन्।

त्यस्तै विशालन्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प ७५ हजार नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिनासम्म १० जिबी डेटा प्राप्त गरेकाछन्। द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एजहोम’ले सेकेण्ड रनर अप बन्दै  ५० हजार नगद पुरस्कार जित्नुका साथै समुहकातीनजनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् ।