आशा लघुवित्तले १२ प्रतिशत बोनश शेयर दिने, प्रति शेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा

बिजमाण्डू
२०७६ भदौ १ गते १२:०६ | Aug 18, 2019
आशा लघुवित्तले १२ प्रतिशत बोनश शेयर दिने, प्रति शेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा

Tata
GBIME
Nepal Life

काठमाडौं।आशा लघुवित्त वित्त्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ।संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले कर प्रयोजन सहित १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो।

नेपाल राष्ट्र बैक र साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश शेयरधनीले पाउने छन्। गत वर्ष संस्थाले तीन करोड ९१ लाख रुपैयाँ नाफा गरेको थियो। हाल संस्थाको कुल चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ।

उसको जगेडा कोषमा तीन करोड ८९ लाख रुपैयाँ रहेको छ। प्रति शेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा रहेको संस्थाको प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ ७८ पैसा रहेको छ।नेपाल राष्ट्र बैकबाट 'घ'वर्गको इजाजत प्राप्त संस्थाले केन्द्रीय कार्यालय ककनीबाट सेवा प्रदान गर्दै आएको छ।