विश्व बैंकको प्रवन्ध निर्देशकमा एसबिआइ बैंककी अंशुला कान्त नियुक्त, ३५ बर्ष लामो बैंकिङ अनुभव

बिजमाण्डू
२०७६ असार २८ गते १३:४४ | Jul 13, 2019
विश्व बैंकको प्रवन्ध निर्देशकमा एसबिआइ बैंककी अंशुला कान्त नियुक्त, ३५ बर्ष लामो बैंकिङ अनुभव

Tata
GBIME
Nepal Life

नयाँदिल्ली। भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया (एसबिआइ) की प्रबन्ध निर्देशक अंशुला कान्त विश्व बैंकको प्रबन्ध निर्देशक तथा प्रमुख वित्त अधिकृतमा नियुक्त भएकी छिन्।

विश्व बैंकका अध्यक्ष डेविड मल्पासले कान्तलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको जानकारी दिएका छन्। कान्तसँग वित्त तथा बैंकिङ क्षेत्रको ३५ बर्ष लामो अनुभव छ। 

एसबिआइको प्रमुख वित्त अधिकृतका रुपमा उनले लामो अनुभव सँगालेकी छिन्। नयाँ नयाँ प्रयोग गर्न रुचाउने कान्तले विश्व बैंकलाई पनि नयाँ दिशा दिने बताइएको छ।

यसअघि भारती मुलको अर्थशास्त्री गीता गोपिनाथ अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमइ) की प्रमुख अर्थशास्त्रीमा नियुक्त भएकी थिइन्। विश्व बैंकमा अमेरिकीहरुको वर्चस्व हुन्छ भने मुद्रा कोषमा युरोपेलीहरुको वर्चश्व रहँदै आएको छ।