अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या १० हजार पुग्दै, किन आकर्षित भएनन् लगानीकर्ता?

बिजमाण्डू
२०७६ असार ९ गते १३:१७ | Jun 24, 2019
अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या १० हजार पुग्दै, किन आकर्षित भएनन् लगानीकर्ता?

Tata
GBIME
Nepal Life

काठमाडौं।मोफसलमा अनलाइन शेयर कारोबार गर्ने लगानीकर्ता करिब १८ प्रतिशत पुगेका छन्। नेपाल स्टक एक्सचेन्जले(नेप्से)को तथ्यांकमा १८ प्रतिशत पुगेको छ।

मुलुकभर अनलाइन शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ९ हजार ९ सय ७३ पुगेको छ।त्यसमध्ये मोसफलबाट अनलाइन शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या १ हजार ७ सय ३० रहेको छ।

मोफसलमा सबैभन्दा बढी लगानीकर्ता बनेपामा छन्। बनेपामा ४ सय ६४ लगानीकर्ताले शेयर कारोबार गर्न अनलाइन सेवा लिएका छन्। भिजन सेक्युरिटिजले ४५३ लगानीकर्तालाई अनलाइन सेवा दिएको छ भने अर्को कम्पनी डाइनामिक मनी म्यानेजर्सले ११ लगानीकर्तालाई मात्रै अनलाइन सेवा उपलब्ध गराएको छ।

अनलाइन कारोबारमा बनेपापछि पोखराका लगानीकर्ताले कारोबार गरिरहेका छन्। पोखरामा ३ सय २३ लगानीकर्ता अनलाइन कारोबारमा आबद्ध छन्।

सात ब्रोकर कम्पनीले अनलाइन कारोबारमा जोडेको हो।नेपाल स्टक हाउसले सबैभन्दा बढी १ सय ३९ लगानीकर्तालाई अनलाइन सेवा दिएको छ भने पोखरामा सबैभन्दा कम कुमारी सेक्यूरिटिजले १४ लगानीकर्तालाई अनलाइन कारोबारमा आबद्ध गराएको छ।

1

Kumari Securities Private Limited

Pokhara

14

2

Thrive Brokerage House Pvt. Ltd

Pokhara

43

3

Nepal Stock House (PVT) Ltd.

Pokhara

139

4

Premier Securities Company Ltd.

Pokhara

38

5

Kohinoor Investment & Securities Pvt. Ltd.

Pokhara

19

6

Trishakti Securities Public Limited

Pokhara

33

7

Investment Management Nepal Pvt. Ltd.

Pokhara

37

8

Agrawal Securities (PVT) Ltd.

Biratnagar

2

9

Nepal Investment And Securities Trading Private Limited

Biratnagar

17

10

Shree Krishna Securities Ltd.

Biratnagar

1

11

Cristal Kanchanjanga Securites Pvt. Ltd.

Biratnagar

11

12

Midas Stock Broking Company Private Limited

Butwal

9

13

Asian Securities Private Ltd.

Butwal

6

14

Linch Stock Market Ltd.

Butwal

11

15

Aryatara Investment & Securities

Butwal

254

16

Agrawal Securities (PVT) Ltd.

Janakpur

1

17

Neev Securities Pvt. Ltd.

Itahari

1

18

Ashutosh Brokerage & Securities (PVT) Ltd.

Itahari

1

19

Primo Securities (PVT) Ltd.

Birgunj

26

20

Naasa Securities Co. Ltd.

Birgunj

5

21

ABC Securities Private Limited

Dharan

5

22

Online Securities Pvt. Ltd.

Dharan

50

23

Trisul Securities & Invt. Ltd.

Narayanghat

110

24

Sani Securities Company Ltd.

Narayanghat

26

25

Oxford Securities Pvt. Ltd.

Narayanghat

3

26

Vision Securities Pvt. Ltd

Banepa

453

27

Dynamic Money Managers Securities Pvt. Ltd.

Banepa

11

28

Vision Securities Pvt. Ltd

Bhairahawa

35

29

Secured Securities Ltd.

Birtamod

37

30

Sumeru Securities Pvt. Ltd.

Birtamod

11

31

Sri Hari Securities Pvt. Ltd.

Birtamod

22

32

Swarna Laxmi Securities Pvt. Ltd.

Hetauda

1

33

Sewa Securities Pvt. Ltd.

Hetauda

5

34

Imperial Securities Company Pvt. Ltd.

Nepalgunj

33

35

Kalika Securities Pvt. Ltd.

Nepalgunj

10

36

Sundhara Securities Limited

Lamjung

80

37

Aryatara Investment & Securities

Dang

56

38

Dipshikha Dhitopatra Karobar Co. Pvt Ltd.

Dhangadhi

90

39

Deevyaa Securities & Stock House Pvt. Ltd

Baglung

24

     

1730

 

 

अनलाइन शेयर कारोबारमा जनकपुर, इटहरी र हेटौडा सबैभन्दा पछि रहेका छन्। त्यहाँ क्रमशः एक,दुई र ६ लगानीकर्ताले मात्रै अनलाइन सेवा लिएको देखिएको छ। त्यहाँ एक/एक वटा मात्रै ब्रोकर कम्पनीले शाखामार्फत सेवा दिएका छन्।

मोफसलका लगानीकर्ताले अनलाइन सेवामा चासो नदिएका कारण कारोबार कम भएको अग्रवाल सेक्यूरिटिजका म्यानेजर भुबनेश्वर यादवले बताए।अग्रवाल सेक्युरुटिजले लामो समयदेखि विराटनगरमा शाखा मार्फत शेयर कारोबार गर्दै आएको छ। उनका अनुसार लगानीकर्ताले २५ प्रतिशत रकम अग्रिम भूक्तानी गर्नुपर्ने भएकाले अनलाइनमा आकर्षण कम भएको हो।

लगानीकर्ताको सहजताकालागि शेयर बिक्री गर्न अनलाइन सेवा सित्तैमा उपलब्ध गराएको उनले बताए। यसैगरी शेयर खरिद गर्न २५ प्रतिशत नगद वा बैक ग्यारेन्टी नभए आफ्नै शेयर धितो राखेर समेत सेवा दिने गरेको यादवले बताए।

२५ प्रतिशत अग्रिम भूक्तानी लिनु नपर्ने व्यवस्था गर्न सकिए कारोबारी बढ्ने यादबको दाबी छ। उनी भन्छन् 'यसका लागि कारोबार प्रणालीमै लगानीकर्ताको बैक आबद्ध गर्नुपर्छ। लगानीकर्तालाई धरौटी राख्नुपर्ने बाध्यता पर्दैन।' मोफसलमा ५० ब्रोकर कम्पनीका ३९ शाखाले सेवा दिँदै आएको छ।

1

Banepa

464

2

Pokhara

323

3

Butwal

280

4

Narayanghat

139

5

Dhangadhi

90

6

Lamjung

80

7

Birtamod

70

8

Dang

56

9

Dharan

55

10

Nepalgunj

43

11

Bhairahawa

35

12

Biratnagar

31

13

Birgunj

31

14

Baglung

24

15

Hetauda

6

16

Itahari

2

17

Janakpur

1

   

1730