बजेटपछि बल्ल बढ्यो शेयर, बजार कता जान्छ भन्ने अन्यौंलले लगानी बढाउन छाडे

बिजमाण्डू
२०७६ असार ५ गते १५:२३ | Jun 20, 2019
बजेटपछि बल्ल बढ्यो शेयर, बजार कता जान्छ भन्ने अन्यौंलले लगानी बढाउन छाडे

Tata
GBIME
Nepal Life

काठमाडौं। बजेटयता लगातार घट्दै आएको शेयर बजार बिहीबार ५.९० अंकले सुधार भएको छ। बजार लगातार घट्न थालेसँगै कारोबार रकममा पनि गिरावट आएको थियो। बिहीबार बजार सुधार देखिए पनि कारोबार रकम भने ३७ करोड ५३ लाख रुपैयाँमै सीमित भएको छ। 

कारोबार सुरु भएदेखि नै सुधार देखिएको बजार मध्यान्तरमा केहि समय रातो देखिएको थियो। पछिल्लो दुई घण्टा बजार सुधार हुँदै गर्दा ०.४७ प्रतिशतले सुधार भएर १२६४.३६ अंकमा रोकिएको छ। 

बजार हरियो देखिए पनि फाइनान्स, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधनको सूचक भने ओरालो लागेको छ। शिवम् सिमेन्टको सबैभन्दा धेरै तीन करोड एक लाख रुपैयाँको कारोबार भएको छ। दोस्रोमा एनसिसी बैंकको दुई करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ। 

गुराँस लघुवित्त र मल्टीपर्पस फाइनान्सको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। मल्टीपर्पस फाइनान्सले असार १० गतेसम्म कायम हुने शेयरधनीहरुका लागि ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भए सँगै संस्थाको कारोबारमा लगानीकर्ताको आकर्षण देखिएको हो। 

विगत एक हप्ताको अवधिमा शेयर बजार झिनो अंकले मात्रै घटिरहेको थियो। यसले बजार कता जान्छ भन्ने विषयमा निर्क्योल गर्न नसक्दा कारोबार रकम बढ्न नसकेको बजार विश्लेषक ज्योति दाहालले बताए। 

बजेटयता शेयर बजार घट्ने क्रममा अधिकाम्स कम्पनीको शेयर मूल्य समेत धेरै नै तल झरेको छ। बजार अझै के हुने भन्ने एक किसिमको अन्यौलताले गर्दा बजारमा सुधार हुन नसकेको हो। आम लगानीकर्ताहरुमा बजार बढ्न सक्छ भन्ने लाग्यो भने जति पनि शेयर खरिद गर्ने र बजारमा केहि अन्यौलता हुने वित्तीकै बजारबाट बाहिरिने प्रबृत्तीले गर्दा बढ्दा ह्वात्तै बढ्ने र घट्दा पनि ह्वात्तै घट्ने गरेको पाइन्छ।