महालक्ष्मी लाइफ इन्स्योरेन्सले ल्यायो बोनससहित जीवन निर्वाह भत्ता पाइने खालको बीमा योजना

बिजमाण्डू
२०७६ जेठ २४ गते ११:१५ | Jun 7, 2019
महालक्ष्मी लाइफ इन्स्योरेन्सले ल्यायो बोनससहित जीवन निर्वाह भत्ता पाइने खालको बीमा योजना

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले 'जीवन हेरचाह बीमा' योजना ल्याएको छ। कम्पनी सञ्चालनमा आएदेखि ल्याएको उसको यो चौथो योजना हो। 

एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण यसमा छ। केटाकेटी र सन्तानको भविश्यलाई लक्षित गरी ल्याइएको बीमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई बिमाङ्क रकम एकमुष्ट भुक्तानी गरिने विज्ञप्तिमा उल्लेख छ। 

बिमांक रकम भुक्तानीपछि पनि बीमाले निरन्तरता पाउँदै अवधि समाप्ति नभएसम्म प्रत्येक तीन तीन महिनामा बिमाङ्क रकमको २.५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता  (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने सुविधा यसमा छ।

साथै भुक्तानी अवधि समाप्तिपछि पुनः बिमाङ्क रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ। प्रस्तावक दुर्घटनामा स्थायी अपाङ्ग वा असक्त भएमा बाँकी अवधिको बीमा शुल्क छुट हुने  र १२ वर्षसम्म त्रैमासिक रुपमा बिमाङ्क रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ। 

प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्तिपछि बिमाङ्क र आर्जित वोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ।