सरकारले स्थानीय तहमा एकै पटक नौं हजार कर्मचारी नियुक्त गर्ने, अनलाइनबाट पनि आबेदन

बिजमाण्डू
२०७६ जेठ १५ गते ०९:०० | May 29, 2019
सरकारले स्थानीय तहमा एकै पटक नौं हजार कर्मचारी नियुक्त गर्ने, अनलाइनबाट पनि आबेदन

Tata
GBIME
Nepal Life

काठमाडौँ। लोक सेवा आयोगले स्थानीय तहमा ९ हजारभन्दा बढि कर्मचारी नियुक्ति प्रकृया सुरु गरेको छ। 

आयोगले रिक्त पदमा आवेदन दिन असार ३ गतेसम्म समय तोकेको छ। त्यसपछि दोब्बर पैसा तिरेर १० गतेसम्म आवेदन दिन सकिने छ। 

आयोगले न्याय, कानुन समूह, प्रशासन, लेखा, आर्थिक योजना तथा तथ्याङ्क, शिक्षा तथा शिक्षा प्रशासन, इन्जिनियरिङ, महिला विकास अधिकृत र प्राविधिक पदहरूमा दरखास्त माग गरेको छ। 

आयोगका कार्यालय र अनलाइन माध्यमबाट पनि आवेदन दिन सकिने ब्यवस्था गरिएको छ। आयोगको क्षेत्रीय कार्यालय धनकुटाबाट ८९२, इलामबाट ४१०, खोटाङबाट ४०९ र जलेश्वरबाट एक हजार २९३ जनाका लागि आवेदन माग गरिएको छ। 

काठमाडौँबाट ७८०, हेटौँडाबाट ५२९, पोखराबाट ८६९, बागलुङबाट ३८३, बुटवलबाट ६७४, दाङबाट ८४०, सुर्खेतबाट ५५०, जुम्लाबाट २४७, दिपायलबाट ५९५ र महेन्द्रनगरबाट ५७३ जना माग गरिएको छ। 

 

 

DV.load(“https://www.documentcloud.org/documents/6055535-Advert-Detailed-76-2-151.js”, {
width: 810,
height: 600,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-6055535-Advert-Detailed-76-2-151”
});