वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आधा घट्यो, मलेसिया बन्द हुँदा ठूलो असर

बिजमाण्डू
२०७६ जेठ १३ गते १८:१२ | May 27, 2019
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आधा घट्यो, मलेसिया बन्द हुँदा ठूलो असर

Tata
GBIME
Nepal Life

काठमाडौं। विदेश जाने नेपालीको संख्या आधा भन्दा बढीले घटेको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा यो वर्षको फागुनसम्म एक लाख ४२ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका छन्।

गत आर्थिक वर्षमा भने तीन लाख ६१ हजार ९४१ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका थिए।गत वर्ष औसतमा मासिक ३० हजार नेपाली विदेश कामका लागि जान्थे। यो वर्ष भने मासिक ‍औसत १७ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए। पछिल्लो समय मलेसियाको रोजगारी बन्द हुँदा विदेशीने कामदारको संख्यामा कमी आएको हो।

कामदार पठाउँदा अतिरिक्त रकम लिएको भन्दै नेपालले ती संस्थालाई कारवाही गरेपछि एक वर्षदेखि मलेसियामा नेपाली कामदार गएका छैनन्। पहिलेनै डिमान्ड लेटर ल्याएका कामदार मात्रै गएका हुन्। चालु वर्षको ८ महिनामा दुई हजार ६५१ मात्रै मलेसिया गएका छन्। गत आर्थिक वर्षमा मलेसिया जाने नेपालीको संख्या एक लाख एक हजार १६८ जना रहेको थियो।