महिन्द्रा स्कर्पियो पिकअपः कम मूल्यमा प्रिमियम सुविधा, एडभेन्चर यात्राका लागि उत्कृष्ट

बिजमाण्डू
२०७६ बैशाख १२ गते १८:१६ | Apr 25, 2019
महिन्द्रा स्कर्पियो पिकअपः कम मूल्यमा प्रिमियम सुविधा, एडभेन्चर यात्राका लागि उत्कृष्ट

Tata
GBIME
Nepal Life

काठमाडौं। महिन्द्रा स्कर्पियो पिकअप कम मूल्यमा प्रिमियम सुविधासहितको गाडी भएको दाबी गरिएको छ। महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नी इन्कर्पोरेटेडले ३५ लाख रुपैयाँदेखि सुरु हुने यो गाडी  एडभेन्चर र अफरोड यात्राका लागि उत्कृष्ट मानिएको जनाएको छ।

यो पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको जनाउँदै यो इन्जिनले १ सय ४० एचपी पावर र ३ सय २० एनएम टर्क दिने कम्पनीको दाबी छ।कम्पनीका अनुसार नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो ।

डबल क्यापमा उपलब्ध पिकअप तीन मोडल एस ६ टूह्वील ड्राइभ, एस ६ फोरह्वील ड्राइभ  र एस १० रहेको छ। एस १० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोल लगायत विशेषता रहेको कम्पनीका भेइकल सेल्स डिपार्टमेन्टका एक्जुकेटिभ सिनियर म्यानेजर रोशन श्रेष्ठले बताए ।

कम्पनीका अनुसार यो पिकअप विभिन्न चार रंगमा उपलब्ध रहेको छ । सुरक्षाका लागि यो पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत विशेषता रहेको कम्पनीले जनाएको छ।

नेपाली बजारमा पिकअप सेगमेन्टमा प्रतिस्पर्धा बढ्दै गएको श्रेष्ठको भनाई छ । ‘बजार बढेसँगै प्रतिस्पर्धा पनि उच्च छ,’ उनले भने, 'अबको चुनौती भनेको कम मूल्यमा धेरै विशेषता तथा सर्भिस उपलब्ध गराउनुनै हो।'

स्कर्पियो पिकअपको मुख्य प्रतिस्पर्धीको रुपमा टाटा द जेनोन र इसुजु रहेको छ। स्कर्पियो पिकअपको शोरुम तथा सर्भिस सेन्टरहरु देशभर उपलब्ध छन्। काठमाडौंमा मात्र पाँच स्थानमा रहेको कम्पनीले जनायो।