महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेजबीच सम्झौंता, अस्पतालको सेवामा छुट

बिजमाण्डू
२०७६ बैशाख ११ गते १८:३३ | Apr 24, 2019
महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेजबीच सम्झौंता, अस्पतालको सेवामा छुट


काठमाडौं। महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्ज भैरहवाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा कलेजका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पिएस र बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले हस्ताक्षर गरे।

Tata
GBIME
Nepal Life

सम्झौता पछि अब बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट दिइनेछ। यो सम्झौंता अनुसार जनरल बेडमा २० प्रतिशत, सामान्य ल्याब परीक्षण, जनरल सर्जरी, डेन्टल (जनरल) र रेडियोलोजी (एक्सरे) मा १० प्रतिशत छुट दिने बैंकले जनाएको छ।बैंकका अनुसार दन्तरोग सम्बन्धि सामान्य परीक्षण (दाँतमा किरा लाग्ने समस्या)को उपचार निःशुल्क गरिनेछ।