उद्योगमन्त्री मातृका यादबको दाबी-‘धेरै वैदेशिक लगानीको प्रतिवद्धता आइरहेको छ’

बिजमाण्डू
२०७६ बैशाख १० गते १४:५० | Apr 23, 2019


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले देशमा लगानीको वातावरण बन्दै गएको बताएका छन्। उनले धेरै वैदेशिक लगानीको प्रतिवद्धता समेत आइरहेको बताए। नेपाल उद्योग परिसंघको नवगठित कार्यसमितिसँगको भेटमा उनले यो धारणा राखेका हुन्।

Tata
GBIME
Nepal Life

आपूर्ति सचिव केदारबहादुर अधिकारीले नेपालको आर्थिक विकास औद्योगिक विकासमा निर्भर रहने भएकोले लगानीको वातावरणलाई अझै राम्रो बनाउन सरकार पछि नपर्ने बताए।उनले सरकारले मुलुकका सातै प्रदेशमा निर्माण गर्ने नयाँ औद्योगिक क्षेत्रहरुको सञ्चालन निजी क्षेत्रलाई दिन सकिने बताए।

उनले देशका दुर्गम क्षेत्रमा स्थापना भएका उद्योगहरुको पूर्वाधार निर्माणमा सरकारबाट ढिलाई भएको भए त्यस्ता पूर्वाधारहरु निजी क्षेत्र आफैले निर्माण गर्न चाहे सरकारले वित्तीय प्राविधिक सहयोग गर्ने सोच समेत बनाई रहेको बताए।परिसंघका नव नियुक्त अध्यक्ष सतिशकुमार मोरले विगत केहि समय देखि सरकारले उद्योगमैत्री नीति लिएको र छोटो समयमानै उद्योगसँग सम्बन्धित धेरै कानुन परिमार्जन गरेकोले देशमा लगानीको वातावरण क्रमशः बन्दै गएको बताए।