कुनै पनि विकसित अर्थतन्त्रकालागि नयाँ आविष्कारहरु महत्वपूर्ण प्रतिस्पर्धी साधन बन्न सक्छन्। तथापि दीर्घकालीन रुपमा आविष्कार तथा अन्वेषण मात्रै विकासकालागि आवश्यक प्रक्रिया मात्रै नहुन सक्छ।
वास्तवमा आविष्कार मापनमा निकै जटिल तथा कठिन प्रक्रिया हो। कुनै पनि देशले यसको मापनका निम्ती फरक र बिबिध तत्व तथा प्रक्रिया अपनाउने गरेका हुन्छन्।
अनुसन्धान र विकासमा हुने खर्च पनि यसको महत्वपूर्ण तत्व हो। लगानीले आविष्कार तथा नयाँ विकाससँग सँधै 'को रिलेट' गर्छ भन्ने नभएपनि यसमा प्रशस्तै समय, पुँजी तथा मेहनत लागेको हुन्छ। अनुसन्धान तथा डिजाइनिङमा लागेको खर्चले भविष्यमा बस्तु तथा उत्पादन वा नव आविष्कार हुन सक्छ।
विश्वका सबैजसो देशले अनुसन्धान तथा विकासमा निकै खर्च गरेका हुन्छन्। तर सबैभन्दा धेरै लगानी अमेरिकाले गरेको छ।
अमेरिकाले ४७६.५ अर्ब डलर र चीनले ३७०.६ अर्ब डलर अनुसन्धान तथा विकासमा खर्च गरेका छन्। यी दुबै देशले गरेको खर्च विश्वका सबै देशहरुले अनुसन्धान तथा विकासमा गरेको खर्चको ४७ प्रतिशत हो।
यसैगरी जापान र जर्मनी पनि अनुसन्धान तथा विकासमा अघि छन्। यी चारवटै देशले अनुसन्धानमा गरेको खर्च कुल लगानीको ६२.५ प्रतिशत हुन आउँछ।
कुनै पनि देशको जिडिपीको आधारमा अनुसन्धान तथा विकासमा भएको खर्चलाई हेर्दा कतिपय देशहरुले त्यसअनुसारको प्रतिफल नपाएको पनि देखिएको छ।
दक्षिण कोरियाले आफ्नो जिडिपीको ४.३ प्रतिशत अर्थात सबैभन्दा धेरै रकम अनुसन्धान तथा विकास शिर्षकमा छुट्याएको छ।
यसैगरी इजरायलले जिडिपीको ४.२ प्रतिशत रकम अनुसन्धान तथा विकासकालागि छुट्याएको छ भने जिडिपीको ३.४ प्रतिशत रकम जापानले अनुसन्धानमा छुट्याएको छ।
यसरी हेर्दा ठूला देशहरुमात्र होइन इजरायल जस्तो सानो अर्थतन्त्रले पनि अनुसन्धान तथा विकासमा धेरै खर्च गरिरहेको देखिन्छ जुन सामान्यभन्दा पनि धेरै बढी खर्च हो।