कोकाकोलाको नयाँ योजना ल्यायो, दैनिक १० हजार रुपैयाँको रिचार्ज कार्ड, ग्यालेक्सी नोट-९ पनि पाउने

बिजमाण्डू
२०७५ फागुन ७ गते १७:५३ | Feb 19, 2019
कोकाकोलाको नयाँ योजना ल्यायो, दैनिक १० हजार रुपैयाँको रिचार्ज कार्ड, ग्यालेक्सी नोट-९ पनि पाउने


काठमाडौं। कोकाकोला नेपालले ‘स्प्राइट डबल डोज,रिफ्रेस पनि रिचार्ज पनि’ योजना ल्याएको छ।यो योजनामा स्प्राइट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल(आरजीबी) किनेर सहभागी हुनसक्ने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार दैनिक १० रुपैयाँदेखि १० हजार रुपैयाँ जित्नसक्नेछन्। यो वाहेक दैनिक ग्यालेक्सी नोट ९ समेत दिने कम्पनीले जनाएको छ।योजनामा सहभागी हुन बिर्कोको तल्लो भागमा रहेको आठ अंकको युनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ। यो योजना मार्चसम्म लागु हुने कम्पनीले जनाएको छ।