शेयर बिक्री नभएपछि युनिभर्सल पावर कम्पनीको समय थपियो, फागुन २६ गतेसम्म आवेदन दिन सकिने

बिजमाण्डू
२०७५ फागुन २ गते ११:४७ | Feb 14, 2019
शेयर बिक्री नभएपछि युनिभर्सल पावर कम्पनीको समय थपियो, फागुन २६ गतेसम्म आवेदन दिन सकिने


काठमाडौँ। युनिभर्सल पावर कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर तोकिएको समयमा बिक्री नभएपछि कम्पनीले आवेदन दिने समय थप गरेको छ।

Tata
GBIME
Nepal Life

गत शुक्रबारदेखि निष्काशन गरिएको  प्राथमिक शेयर माघ २९ सम्म बिक्री नभएपछि फागुन २६ गते सम्म आवेदन दिने म्याद थप गरिएको हो। बिहिबार सम्मको आबेदन अनुसार करिब चार लाख कित्ता शेयर बिक्री हुँन बाँकी छ। पछिल्लो अवधिमा  ८२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ।बिहिबार सम्म ९४ हजार ५५८ आवेदकबाट ८२ लाख ८५ हजार ५४० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।कम्पनीले गत शुक्रबारदेखि ९३ लाख २७ हजार ४१० कित्ता प्राथमिक शेयर खुल्ला गरेको थियो।

कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ।जसमा स्थानीयले खरिद नगरेको १७ लाख ६६ हजार १५० कित्ता शेयरसमेत समावेश छ।कम्पनीले स्थानीय आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लावासीका लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो।

सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्छन्। कम्पनीले पहिलो चरणमा सबै शेयर बिक्रि नभएपछि दोस्रो फागुन २६ गते सम्म आवेदन खुला गर्ने जनाएको छ।तोकिएको मिति अगाबै शेयर बिक्री भए आवेदन बन्द हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।