कुमारी बैंकको नाफा ३२% ले बढ्यो, पूँजी विस्तारले प्रतिशेयर आम्दानी स्थीर

बिजमाण्डू
२०७५ माघ ८ गते १०:५३ | Jan 22, 2019


काठमाडौं। कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३२.२३ प्रतिशतले नाफा बढाएको छ। एनएफआरएस प्रणाली अनुसार ६७ करोड ६२ लाख रुपैयाँ नाफा गरेको बैंकको नियामकिय समायोजन पछिको नाफा भने ६० करोड ३८ लाख रुपैयाँ छ।

Tata
GBIME
Nepal Life

बैंकको व्याज आम्दानीमा ४६.६७ प्रतिशतले बढेर ४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने व्याज खर्च ३७.९३ प्रतिशतले बढेर दुई अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। खुद व्याज आम्दानी एक अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ।

बैंकले यसवर्ष बरोइङ २४९ प्रतिशतले बढाएर एक अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै निक्षेप संकलन ३० प्रतिशतले बढाउदा ऋण लगानी भने ३९.४३ प्रतिशतले बढाएको छ। पुस सम्ममा बैंकले ७५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७० अर्ब ७७ करोड रुपैयाँ ऋण विस्तार गरेको छ।

ऋण विस्तार सँगै पूँजी कोष अनुपात १.६७ विन्दुले खुम्चिएर १२.८१ प्रतिशतमा झरेको छ। खराव कर्जामा ०.३९ प्रतिशत विन्दुले केही बढेर १.२२ प्रतिशत छ। आधार व्याजदर ०.३८ विन्दुले बढेर ११.५५ प्रतिशत पुगेको छ। चुक्ता पूँजी बढेसँगै प्रतिशेयर आम्दानीमा भने एक रुपैयाँले मात्रै सुधार भएको छ। प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ। 

विवरण (रु. ०००)

कुमारी बैंक

बृद्धि (%)

२०७५ पुस

२०७४ पुस

एनएफआरएस अनुसार नाफा

676,244

511,421

32.23

नियामकीय समायोजन

-72,431

-31,216

132.03

समायोजन पछिको नाफा

603,813

480,205

25.74

व्याज आम्दानी

4,428,078

3,019,176

46.67

व्याज खर्च

2,910,970

2,110,517

37.93

खुद व्याज आम्दानी

1,517,108

908,659

66.96

निक्षेप

75,448,539

57,849,357

30.42

बरोइङ

1,140,405

325,916

249.91

ऋण लगानी

70,772,203

50,759,255

39.43

चुक्ता पूँजी

7,163,395

5,969,496

20.00

जगेडा कोष

4,290,946

2,632,783

62.98

पूँजीकोष अनुपात (%)

12.81

14.48

-1.67

खराव कर्जा (%)

1.22

1.61

-0.39

स्प्रेड दर (%)

3.38

2.8

0.58

आधार व्याजदर (%)

11.55

11.17

0.38

प्रतिशेयर आम्दानी (रुपैयाँमा)

18.62

17.49

1.13