सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सरकारी विद्यालयका ७० बालबालिकालाई स्वेटर बाँड्यो

बिजमाण्डू
२०७५ माघ ८ गते १०:१३ | Jan 22, 2019


वीरगंज। सेञ्चुरी बैंकको वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंजका ७० जना बालबालिकालाई स्वेटर बाँडेको छ ।

Tata
GBIME
Nepal Life

वीरगंज महानगरपालिकाको खर्चबाट चल्ने महानगरपालिका आधारभूत विद्यालय प्रगतिनगरका छात्रछात्राहरुलाई ३५ हजार मूल्य बराबरको न्यानो कपडा अन्तर्गत स्वेटर बाँडेको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको नाफाको १ प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने व्यवस्था अनुसार बैंकले विद्यार्थी चिसोबाट बचाउन स्वेटर बाँडेको वीरगंज शाखाका शाखा प्रबन्धक शिवनाथ साहले बताए ।

२०५४ सालमा स्थापना भएको उक्त विद्यालयमा ७० जना बालबालिका अध्ययनरत छन् भने ७ जना शिक्षक कार्यरत छन् ।