कलिङ भिसा पाएका कामदारको सूची पठाउन निर्देशन, माघ २२ गतेसम्म पठाउनुपर्ने

बिजमाण्डू
२०७५ माघ ७ गते १७:४१ | Jan 21, 2019
कलिङ भिसा पाएका कामदारको सूची पठाउन निर्देशन, माघ २२ गतेसम्म पठाउनुपर्ने


काठमाडौं। वैदेशिक रोजगारीको लागि मलेसिया जान कलिङ भिसा पाईसकेका कामदारको विवरण पठाउन वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

सरकारले गत वैशाख यता मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएपछि भिसा पाइसकेका कामदारलाई गत जेठ २ गते अन्तिम श्रम स्विकृती दिने निर्णय गरेको थियो। कलिङ भिसा पाएका कामदारको वारेमा भने मन्त्रालयले कुनै निर्णय गरेको थिएन।

गत कात्तिक १२ गते नेपाल र मलेसिया सरकारबीच शून्य लागतमा नेपाली कामदार मलेसिया पठाउन श्रम सम्झौता भएको थियो। रोजगारीमा जाने कामदार र मेनपावर एजेन्सीबाट कलिङ भिसा पाएका कामदारलाई श्रम स्वीकृती दिन बारम्बार आग्रह गरेपछि विभागले कलिङ भिसा प्राप्त कामदारको विवरण पठाउन निर्देशन दिएको हो। मेनपावर कम्पनीले कलिङ भिसा पाएका कामदारको विवरण यहि माघ २२ गते भित्र विभागमा पठाउनु पर्नेछ। कामदारको विवरण पाइसकेपछि सबै हेरेर श्रम स्विकृती दिने/नदिने वारे मन्त्रालयले निर्णय गर्नेछ।