तामाकोशीमा सर्किट ब्रेक, २२४ रुपैयाँबाट ३४२ रुपैयाँ पुग्यो, कम्पनीको पूँजीकरण ५२.६७ % ले बढ्यो

बिजमाण्डू
२०७५ माघ ६ गते १३:४३ | Jan 20, 2019
तामाकोशीमा सर्किट ब्रेक, २२४ रुपैयाँबाट ३४२ रुपैयाँ पुग्यो, कम्पनीको पूँजीकरण ५२.६७ % ले बढ्यो


काठमाडौं। माथिल्लो तामाकोशीको शेयरमा लगातार बढ्ने क्रममा छैठौ दिन पनि सर्किट ब्रेक लागेको छ। गत आइतबार कारोबार २२४ रुपैयाँबाट करोबार सुरु भएको कम्पनीको प्रत्येक दिन १० प्रतिशतका दरले बढ्ने क्रममा आज ३४२ रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

आइतबार कारोबार सुरु भएदेखिनै नेप्सेमा खरिद चाप देखिएको छ। अहिलेसम्म ४ लाख १५ हजार कित्ता कारोबार हुँदा कारोबार रकम १४ करोड ७ लाख रुपैयाँ पुगेको छ। प्रणालीमा समस्या देखिए पछि मार्केट डेप्थमा पनि केहि समस्या देखिएको छ।

तामाकोशीको प्रत्येक दिन १० प्रतिशतका दरले शेयर मूल्य बृद्धि हुँदा पछिल्ला दिनमा समग्र शेयर बजारकै बजार पूँजीकरण बढिरहेको छ। कम्पनीको १० अर्ब ५९ करोड रुपैयाँ शेयर सूचीकृत भए देखिनै १० प्रतिशतका दरले शेयर मूल्य बढ्दा पूँजीकरणमा थप टेवा पुर्याएको छ। समग्र बजार सुस्ताएको वेला अपर तामाकोशीको शेयरले बजारलार्इ सपोर्ट गरिरहेको छ।

आजको बजार मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ३६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। गत विहीबार सम्ममा नेप्सेको बजार १४ खर्ब ८ अर्ब रुपैयाँ थियो।