जागिरेले पनि पाउँछन् १५ लाख रुपैयाँसम्म बिना धितो ऋण, डेरामा बस्ने कर्मचारीलाई अवशर

बिजमाण्डू
२०७५ पुष २९ गते ०९:३० | Jan 13, 2019
जागिरेले पनि पाउँछन् १५ लाख रुपैयाँसम्म बिना धितो ऋण, डेरामा बस्ने कर्मचारीलाई अवशर

काठमाडौं। जागिरेले पनि बैंकबाट बिना धितो ऋण पाउँछन् भन्ने थाहापाउनु भएको छ? बैंक तथा वित्तीय संस्थाले जागिरेलाई बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन्।
 
तर ऋणका केही सर्तहरु भने छन्। 

Tata
GBIME
Nepal Life

जागिरे भएकै भरमा भने ऋण पाइँदैन। तपाईले जागिर खाएको कार्यालयको तलवी खाता बैंक तथा वित्तीय संस्थामा हुनु पर्छ। नियमित तलव भुक्तानी गर्ने कम्पनीका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन्।
 
राष्ट्र बैंकले यस्तो खालको ऋणमा बैंकहरुलाई केही नीतिगत सहुलियत दिएको छ। त्यसैका आधारमा बढिमा १५ लाख रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन्छन्। लगानी सुरक्षाका लागि बैंकहरुले तलवी खाता भएका कम्पनीका कर्मचारीहरुलाई यस्तो ऋण दिइरहेका छन्।
 
नेपाल राष्ट्र बैंकले आफ्नो सम्पति नभएका, भाडामा बस्ने तर नियमित आम्दानी भएकाहरुले पनि ऋण पाउन् भनेर यस्तो ब्यवस्था गरेको हो। राष्ट्र बैंकले जुन बैंकमा तलबी खाता भयो त्यही बैंकबाट ऋण लिनु पर्ने वाध्यताकारी व्यवस्था भने गरेको छैन। तर बैंकहरुले ऋणको सुरक्षाका लागि तलवी खाता भएका कम्पनीका कर्मचारीलाई मात्र ऋण दिएका हुन्।
 
बैंकहरुको यस्तो ऋण दिने आआफ्नै सिद्धान्त छ। कुनै बैंकले मासिक तलवको दुई गुणादेखि १५ लाख रुपैयाँसम्म ऋण दिने गरेका छन्। १५ लाख रुपैयाँ नै दिने बैंक भने निक्कै कम छन्। कम्पनीको विश्वसनीयताका आधारमा मात्र कुनै कुनै बैंकले निश्चित कम्पनीका कर्मचारीलाई १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने गरेका छन्।
 
बैंक तथा वित्तीय संस्थाहरुले पर्सनल ग्यारेन्टीमा यस्तो ऋण दिने गर्छन्। बैंकहरुले नियमित आम्दानी हुनेहरुलाई बिनाधितो ऋण दिन थालेकाले तलवी खाता खोल्नेको संख्या पनि बढ्दै गएको बैंकरहरुको विश्लेषण छ। यस्तो ऋण ब्यक्तिगत तथा सामूहिक जमानीमा प्राप्त हुन्छ।
 
शहरमा घर नभएकै कारण नियमित तलव सुविधा भएकाहरुले पनि बैंकबाट ऋण लिन पाएका थिएनन्। उनीहरुलाई लक्षित गरी १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको थियो। 
 
बैंकहरुले यस्तो ऋण आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा दिन सक्ने छन्। यस्तो ऋणको किस्ता तथा ब्याज बैंक तथा वित्तीय संस्थाले ग्राहकको नियमित आम्दानीबाट सोझै काट्छ।