ग्लोबल आइएमई बैंकले डेढ अर्बको ऋणपत्र ल्याउँदै, सर्वसाधारणलाई ३० करोड रुपैयाँ

बिजमाण्डू
२०७५ मंसिर २५ गते १०:२३ | Dec 11, 2018
ग्लोबल आइएमई बैंकले डेढ अर्बको ऋणपत्र ल्याउँदै, सर्वसाधारणलाई ३० करोड रुपैयाँ


काठमाडौं। ग्लोबल आइएमई बैंकले एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले साढे १० प्रतिशतको दरमा 'ग्लोबल आइएमई डिवेन्चर २०८०' को सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

Tata
GBIME
Nepal Life

बैंकले सर्वसाधारणको लागि प्रतिशत कित्ता एक हजार रुपैयाँको दरमा तीन लाख कित्ता निष्काशन गर्ने भएको हो। बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकको लागि एनआइविएल एस क्यापिटललारई नियुक्त गरेको छ। यो ऋणपत्र ५ वर्षको अवधीको छ। बैंकले यस अगाडी १० प्रतिशतको व्याजदरमा ४० करोड रुपैयाँको 'ग्लोबल आइएमई बण्ड २०७६' निष्काशन गरेको थियो।