अमेरिकाले पाकिस्तानलाई दिने भनिएको डेढ अर्ब डलर सहायता रकम रद्द, ट्रम्पले रोके सहयोग

बिजमाण्डू
२०७५ मंसिर ५ गते १३:३२ | Nov 21, 2018


अमेरिकाले पाकिस्तानलाई दिने भन्दै आएको सुरक्षा सहायता रकम रोकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १.६६ अर्ब डलरको सहायता रकम रोक्ने भएका हुन्। केही समयदेखि ट्रम्पले पाकिस्तानको कडा आलोचना गर्दै आएका थिए।

Tata
GBIME
Nepal Life

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता रोब म्यानिङले सहायता रकम रोकिएको पुष्टि गरेका हुन्।

ओबामा प्रशासनमा अफगानिस्तान, पाकिस्तान तथा मध्य एशियाकालागि उप सहायकमन्त्रीका रुपमा काम गरेका डेबिड सिडनीले  यो रकम रोकिनु अमेरिकाको हतास मनस्थितीको संकेत भएको बताए।

उनले भने- ' पाकिस्तानले अमेरिकाको देखाउँदै आएको चिन्ताका बिषयमा सम्बोधन नगरेकाले पनि यो रोकिएको हुनसक्छ।' पाकिस्तानले हिंस्रक संगठन तथा समूहहरुलाई संरक्षण तथा बढावा दिएको अमेरिकाको आरोप छ।

यस विषयमा पाकिस्तानका नेताहरुले सहयोगको प्रतिबद्धता जनाएपनि गम्भीर सहयोग प्राप्त नभएको भन्दै राष्ट्रपति ट्रम्प  केही समयदेखि पाकिस्तानप्रति रुष्ट र निराश देखिएका छन्।

गत सोमबार मात्रै ट्रम्पले ट्विटमा अलकायदाका नेता पाकिस्तानमा लुकेकोबारे अमेरिकालाई पाकिस्तानले कहिल्यै जानकारी नदिएको भन्दै आलोचना गरेका थिए।