‘किलोग्राम’को परिभाषामा अबदेखि बदलाव, उपभोक्ताको दैनिकीमा कस्तो प्रभाव पर्ला?

बिजमाण्डू
२०७५ मंसिर २ गते १६:२१ | Nov 18, 2018
‘किलोग्राम’को परिभाषामा अबदेखि बदलाव, उपभोक्ताको दैनिकीमा कस्तो प्रभाव पर्ला?

काठमाडौं। आम उपभोक्ताको दैनिकीमा उपस्थिति जनाउने ‘किलोग्राम’को परिभाषालाई बैज्ञानिकहरुले परिवर्तन गरेका छन्। हाल किलोग्रामलाई प्लाटिनमबाट बनेको एक सिलको तौलसँग परिभाषित गरिँदै आएको छ। जसलाई ‘ले ग्राण्ड के’ पनि भनिन्छ। यस्तो एक सिल सन् १८८९ देखि पश्चिमी पेरिसमा रहेको इन्टरनेशनल व्यूरो अफ वेट्समा सुरक्षित छ। यही सिलको वजनलाई हालसम्म विश्वले ‘किलोग्राम’ मान्दै आएको थियो। तर, बैज्ञानिकहरुले यसको परिभाषालाई परिवर्तन गरेको बीबीसीले जनाएको छ। 

Tata
GBIME
Nepal Life

फ्रान्समा भएको वजन तथा नाप सम्बन्धी २६ औँ सम्मेलनले अन्तर्राष्ट्रिय एकाई प्रणाली (इन्टरनेशनल सिस्टम अफ युनिट–एसआई)मा ऐतिहासिक परिमार्जन गरेको हो। 

सम्मेलनमा किलोग्रामको परिभाषा परिवर्तन गर्नका लागि मतदान भएको थियो। मतदानमा किलोग्रामको परिभाषा परिवर्तन गर्ने पक्षमा बहुमत बैज्ञानिकहरुले मतदान गरे अनी यो परिवर्तनलाई अनुमोदन गरियो। 

सम्मेलनमा सहभागि अधिकांश बैज्ञानिकहरुले किलोग्रामको यान्त्रिक र विद्युत चुम्बकीय उर्जाको आधारमा परिभाषित गर्ने पक्षमा उभिए। 
सम्मेलनको निर्णयमा फरक मत राख्ने वैज्ञानिकहरु पनि थिए। संयुक्त राज्यको नेशनल फिजिकल लेबोरेट्रीकी बैज्ञानिक पेर्डी विलियम्सले यसको खोजमा आफू धेरै संलग्न नभए पनि नयाँ परिभाषाले परिस्कृत गर्ने काम गर्ने अपेक्षा राखिन्। 

उपभोक्ताको दैनिकीमा कस्तो प्रभाव पर्ला?
आम मानिसको भान्सादेखि प्रयोग सुरु हुने किलोग्रामको परिभाषा नै बदलिएपछि यसले आम मानिसको दैनिकीमा प्रभाव पार्ने आंशका सर्वसाधारणको रहे पनि त्यस्तो प्रभाव नहुने बैज्ञानिकले बताएका छन्। तर, उद्योग र विज्ञानको क्षेत्रमा यसको व्यवहारिक प्रयोग हुने छ। औद्योगिक तथा वैज्ञानिक क्षेत्रमा आवश्यक एकीन मात्राको वजनका कारण यसको प्रयोग यस क्षेत्रमा हुनेछ। 

अन्तर्राष्ट्रिय मापन प्रणालीमा किलोग्राम सात आधारभुत एकाइमध्ये एक हो। जसमध्ये किलोग्राम मात्र यस्तो एकाई हो जुन अझै पनि भौतिक बस्तुबाट परिभाषित हुँदै आएको छ। ‘ले ग्राण्ड के’ लण्डनमा निर्मित ९० प्रतिशत प्लाटिनम र १० प्रतिशत इरेडियमबाट बनेको ४ सेन्टिमिटरको एक सिलिण्डर हो। जुन सिल  सन् १८८९ देखि पश्चिमी पेरिसमा रहेको इन्टरनेशनल व्यूरो अफ वेट्समा बन्द छ। किनकि भौतिक बस्तु सजिलै परमाणु गुमाउन सक्छन र हावाले अणुहरुलाई वशोषित गर्न सक्छ। यसैका कारण यसको मात्र काइग्रो ग्राममा दशकौँ पछि परिवर्तन गरिएको थियो। 

यसैका कारण किलोग्राम वा अन्य मापन गर्ने यन्त्रहरु ‘प्रोटोटाइप’को प्रयोगबाट विश्वभर हुँदै आएको वजनको मापन एकरुप हुँदैन्। सामान्यतय हामी बजारमा गएर उपभोग्य बस्तु किन्दा कम भएको देख्दैनौँ। 

अब कस्तो हुने छ किलोग्राम?
अब भविष्यमा किलोग्रामलाई किब्बल वा वाट व्यालेन्सको उपयोगबाट मापन गरिनेछ। यो एउटा यस्तो यान्त्रिक र विद्युतीय चुम्बकीय उर्जाको उपयोगबाट मापन हुने छ। यसपछि यसको परिभाषामा बदलाव हुने छैन। विश्वको कुनै पनि स्थानमा यसको मापन एउटै हुनेछ। र यसमा कसैले परिवर्तन गर्न सक्ने छैन। 

यो विश्वका सबै बैज्ञानिकहरुले सटिक मापन उपलब्ध गराउने सक्नेछन्। यो एक पटक लागु हुनासाथ सबै अन्तर्राष्ट्रिय एकाईहरु फण्डामेन्टल कन्स्टेन्ट प्रकृतिमा आधारित हुनेछन्।

यो नयाँ प्रणालीमा वैज्ञानिकहरुले ‘किलोग्राम’ वा अन्य वजन बस्तुको उचाल्नका लागि प्रयोग हुने विद्युतको मात्र (गुरुत्वकार्षण बलको) आधारमा परिभाषित गर्ने छन्। 

नयाँ किलोग्राम २०१९ को मे सम्म आउने अपेक्षा गरिएको छ। जुन एउटा इलेक्ट्रोन पम्पको माध्यमबाट हुने छ। जहाँ एक पटकमा प्रभावित विद्युतको औसत करेन्ट उत्पादनसँग गणना गरिने छ।