दशैँपछि खुलेको शेयर बजारमा कारोबार सुस्तायो, घटेको बजारमा लगातार प्रभु बैंककै बढी कारोबार

बिजमाण्डू
२०७५ कात्तिक ६ गते १५:३९ | Oct 23, 2018


काठमाडौं। दशैँपछि खुलेको शेयर बजारमा कारोबार सुस्त देखिन थालेको छ। गएको तीन दिनमा शेयर बजारमा सामान्य अंकको उतारचढाव देखिएको छ भने कारोबार रकम ह्वात्तै घटेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार पनि कारोबार मापक सूचक घट्ने क्रमले निरन्तरता पाएको छ। मंगलबार २.७० अंकले सूचक घटेर १२४१.८४ अंकमा झरेको छ भने सेन्सेटिभ सूचक ०.५४ अंकले घटेर २६४.४६ अंकमा ओर्लिएको छ।

गत आइतबार सूचक चार अकले बढेर १२४१ अंकमा उक्लिएको थियो। तर गएको दुइ दिन बजार लगातार घट्दा सूचक पून १२४१ अंकमै झरेको छ।

मंगलबार १५५ कम्पनीका आठ लाख ४२ हजार कित्ता शेयर १९ करोड ८७ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी प्रभु बैकको तीन करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

दशैँपछिको कारोबारमा लगातार प्रभु बैंक उच्च कारोबार हुने कम्पनीको सूचीमा परेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब तीन करोड रुपैयाँ बढेको छ।

दशैँअघिको अन्तिम कारोबार दिन ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबारको कारोबार रकम दशैँपछिको सबैभन्दा बढी हो।

 

मंगलबार १० समूहको शेयर कारोबार भयो। समूहगत उपसूचकमा ६ उपसूचक घटे भने तीन सूचक बढेका छन्। सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक १.२४ प्रतिशतले घट्यो भने उत्पादनमूलक समूह १.४६ प्रतिशतले बढ्यो। होटल समूहमा कुनै परिवर्तन भएन।

मंगलबार युनाइटेड फाइनान्सका शेयरधनीले करिब १० प्रतिशत कमाए। समता माइक्रोफाइनान्सका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए।