काठमाडौं। ग्लोबल आइएमइ बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा महेशप्रसाद ढकाललाई नियुक्त गरेको छ। सुमन शर्माले डेपुटी सिइओ छाडेपछि बैकको 'सेकेन्ड म्यान' खाली थियो। शर्मा ग्लोबल आइएमइ छाडेर माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।
तत्कालिन टुरिज्जम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मेगा बैंकमा गाभिएपछि 'थर्ड पोजिसन' मा थिए। उनी त्यहाँ चिफ बिजिनेस अफिसर थिए।
मेगा छाडेर ढकाल ग्लोबल आइएमइ बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्। उनले नेपाल बैंकमा लामो समय काम गरेका छन्।
ढकाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन्। पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययन गरेका उनले चार्टर्ड एकाउन्टेन्ट भारतबाट गरेका हुन्।