भारतीय ईलेक्ट्रो मेकानिकल कम्पनीको काठमाडौंमा आफ्ना ग्राहकहरुसँग सम्मेलन

बिजमाण्डू
२०७५ असोज ८ गते ११:०७ | Sep 24, 2018

काठमाडौं। भारतीय ईलेक्ट्रो मेकानिकल कम्पनी फ्लोभेल इनर्जी प्रालिले काठमाडौंमा आफ्ना ग्राहकहरुका लागि कष्टुमर सम्मेलन २०१८ आयोजना गरेको छ। 

Tata
GBIME
Nepal Life

कार्यक्रममा नेपालको जल बिद्युत उत्पादन तथा बिकास क्षेत्रका उद्यमी, लगानीकर्ता, परामर्शदाता, बैंकरहरु सहभागी थिए।

फ्लोभेल इनर्जीको उत्पादनहरु तथा कम्पनीको क्षमता लगायत बिषय सम्बद्ध पक्षहरुलाई प्रकाश पार्नका लागि आयोजित कार्यक्रम एक हाईड्रो पावर परियोजना बिकासका लागि आवश्यक पर्ने इलेक्ट्रोमेकानिकल पक्षका बारेमा जानकारी गराइएको थियो। 

बिश्वका बिभिन्न मुलुकहरुका हाईड्रोपावर परियोजनाहरुमा आवश्यक पर्ने इलेक्ट्रोमेकानिकलका साथै परियोजनाका अन्य बिबिध पक्षमा उत्पादन तथा जडान सम्बन्धि कार्यहरुमा बिगत ४५ बर्षभन्दा बढिको अनुभव फ्लोभेल इनर्जीसँग रहेको छ।