सेञ्चुरी बैंक र नेपाल मेडिसिटीबीच सम्झौता, बैंकका ग्राहकले मेडिसिटीमा उपचार गर्दा छुट पाउने

बिजमाण्डू
२०७५ असोज ४ गते १६:४४ | Sep 20, 2018


काठमाडौं। सेञ्चुरी  बैंक र नेपाल मेडिसिटी बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

Tata
GBIME
Nepal Life

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको जनाएको छ ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनीहरुले अस्पतालका विभिन्न सुविधाहरुमा विशेष सहुलियत पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग कारोबार सञ्चालन गरिरहेको  जनाएको छ ।