तीन लघुवित्तमा जागिर खुल्यो, साना किसान, विजय र जनसेवी लघुवित्तले मागे अधिकृतदेखि सहायकसम्म

बिजमाण्डू
२०७५ भदौ ३१ गते १२:३९ | Sep 16, 2018


काठमाडौं। साना किसान लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाले अधिकृत स्तरदेखि सहायक स्तरसम्मका कर्मचारी माग गरेका छन्।

Tata
GBIME
Nepal Life

साना किसानले ११ जना कर्मचारी माग गरेको छ। संस्थाले केन्द्रीय कार्यालय काठमाडौंकालागि एक जना वरिष्ठ अधिकृत, चार जना तृतिय श्रेणीको अधिकृत, एक जना बरिष्ठ सहायक र एक जना सहायक द्धितीय स्तरको कर्मचारी माग गरेको हो।

 त्यस्तै इलाका कार्यालय बुटवलका लागि एक जना अधिकृत, इलाका कार्यालय नेपालगञ्ज र अत्तरियकालागि एक जना बरिष्ठ सहायक माग गरेको हो।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले असोज २९ गतेसम्म आवेदन दिन पाउने संस्थाले जनाएको छ।

अधिकृत स्तरकालागि स्नातकोत्तर र वरिष्ठ सहायकको लागि स्नातक र सहायक स्तरकालागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्छ।  

विजय लघुवित्त वित्तीय संस्थाले एक जना शाखा प्रबन्धक, केही शाखा प्रमुख, एक जना चौथो तहकालागि कार्यालय सहायक, केही प्रशिक्षार्थी सहायक र केहि कनिष्ठ सहायक माग गरेको हो।

‍इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्रमा आवेदन दिनु पर्नेछ। शाखा प्रबन्धककालागि स्तातक गरी चार वर्षको कार्यानुभव हुनु पर्नेछ। शाखा प्रमुखको लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरि दुर्इ वर्षको कार्यानुभव हुनु पर्ने जनाएको छ।

कार्यालय सहायककालागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी दुर्इ वर्षको कार्यानुभव हुनु पर्नेछ। प्रशिक्षार्थीकालागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्छ भने सहायककालागि एसएलसी उत्तीर्ण गरेको भए पुग्छ।

त्यस्तै जनसेवी लघुवित्त वित्तीय संस्थाले केही बरिष्ठ सहायक, केहि सहायक र केहि कनिष्ठ सहायक स्तरका कर्मचारी माग गरेको हो।  योग्यता पुगेका नेपाली नागरिकले असोज १४ गतेसम्म आवेदन दिनु पर्नेछ।

वरिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरि तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। सहायककालागि प्रविणता प्रमाणपत्र तह र कनिष्ठ सहायककालागि एसएलसी उत्तीर्ण गरेको भए पुग्छ।