आइफोन एक्सएस म्याक्स सार्वजनिक, मूल्य १ लाख २६ हजार रुपैयाँ, आइफोन-८ को भन्दा स्क्रीन ठूलो





कुपरटिनो। अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महँगा आइफोन बजारमा ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरे । यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु. १ लाख २६ हजार) पर्दछ । यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ ।


म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रीनहरु साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएका थिए ।

एप्पलले बुधबार नै आइफोन एक्सआर मोडेल सार्वजनिक गरेको छ । अक्टोबर २६ बाट बजारमा आउने यसको मूल्य करिब ७५० अमेरिकी डलर छ ।



Share this Story

   

आइफोन एक्सएस म्याक्स सार्वजनिक, मूल्य १ लाख २६ हजार रुपैयाँ, आइफोन-८ को भन्दा स्क्रीन ठूलो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.