काठमाडौंमा लतिकाको 'चेन्नई एक्सप्रेस', चुनौतीमा रमाउँदै गोल्यान समूहकी 'दि सिक्रेट'




२१ वर्षको उमेरमा उनले आफ्नो ओबिचुरी लेखिन्, अनि २१ वर्षकै उमेरमा उनी विवाह गरेर नेपाल भित्रिइन्। १४ वर्ष भयो उनले हरेक वर्ष आफ्नो ओबिचुरी पढ्न थालेको। हरेक बर्ष त्यसलाई दोहोर्याइरहँदा त्यसमा उनी जीवन बाँच्ने कला खोज्छिन्। 
---
रोन्डा ब्रायनको ‘दि सेक्रेट’ पढेपछि विश्वचर्चित टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रीले भनेकी थिइन् जुन सन्देश म २१ वर्षदेखि आफ्नो प्रस्तुतीबाट समाजलाई दिन चाहिरहेकी थिएँ, यसमा त्यहि छ अर्थात् त्यहि ‘अप्टिमिज्म’ त्यहि ‘इम्पावरमेन्ट’, आफ्नै इच्छा शक्तिले जुनसुकै परिस्थितीलाई पनि बदल्न सकिन्छ भन्ने दृढविश्वास।
 
अष्ट्रेलियाकी लेखक रोन्डाले ‘दि सेक्रेट’मा दावी गरेकी छिन् इच्छाशक्ति र आत्मविश्वासले संसार बदल्न सकिन्छ। तपाईं कुनै कुराको चाहाना गर्नुस् र प्राप्त गर्न सक्छु भन्ने विश्वास गर्नुस् बिस्तारै त्यो चाहानाले मूर्त रुप लिन थाल्छ त्यो तपाईंको जीवनमा आउन थाल्छ।
 
सुन्दा कोरा कल्पना जस्तो लाग्न सक्छ। कुनै बैज्ञानिक पुष्टि भएको तथ्य पनि होइन यो। तर सकारात्मक सोचका साथ प्रयास गरिरहने हो भने लक्ष्य प्राप्त गर्न सकिन्छ, किताबको सार यही हो। दि सेक्रेट जतिले पढ्छन् ति सबैले आफ्नो लक्ष्यमा अघि बढ्नका लागि प्रशस्त उर्जा पनि पाउँछन्।
 
‘दि सेक्रेट’ पढेर ओप्राले जे भनिन् त्यहि भनिन्, लतिका गोल्यानले पनि। लतिका गोल्यान, गोल्यान ग्रुपकी डाइरेक्टर जो यतिबेला सोल्टी होटलको आडैमा बनिरहेको भब्य पाँचतारे होटल निर्माणमा खटिएकी छिन्।  गोल्यान ग्रुपले हस्पिटालिटी सेक्टरमा हात हालेको धेरै भैसकेको छ। तर यो भने लतिकाको ड्रिम प्रोजेक्ट नै भने पनि हुन्छ।
 
सिटी होटल लिमिटेडलाई उनी आफ्नै नेतृत्वमा अघि बढाइरहेकी छिन्। अमेरिकाको हायत होटल कर्पोरेसन अन्तर्गत चेन होटलका रुपमा बन्दै गरेको पाँचतारे ‘हायत प्लेस-काठमाडौं’को प्रोजेक्ट साइटमै लतिका बोल्ड सुनिइन्- मलाई विश्वास छ जे मैले चाहिरहेकी छु त्यो प्राप्त गरेरै छोड्छु। 
 
कामको दौडधुपकाबीच पढ्नका लागि समय निकाल्दा छोराछोरीले सोध्छन् आमा तपाईंले किन पढेको? बच्चाहरुले मात्र पढ्ने होइन र? उनी बच्चाहरुलाई सम्झाउँछिन्। ‘हामी सबैले सँधै सिकिरहनुपर्छ। पढ्नेक्रम जीवनभर चलिरहन्छ। ठूलो लक्ष्यमा पुग्नका लागि सँधै सानो सानो पाइला चालिरहनुपर्छ कहिल्यै रोकिनु हुँदैन।’ 
---

एम फर दि स्टार्स

चेन्नइका ब्यवसायी दम्पती रतन आर्या र कृष्णा आर्याको जीवनमा विवाहको १३ वर्षसम्म पनि कुनै सन्तान भएनन्। अनि जन्मिइन् लतिका। पहिलो सन्तान त्यो पनि त्यतिका वर्षपछि जन्मिएकी बुवाआमाले लालगेडी जसरी आँखैमा राखेर हुर्काए। त्यसको केही वर्षपछि उनकी बहिनी जन्मिइन् रितिका। दुई छोरीपछि भने थप सन्तान भएनन्।
 
एक दिन उनका बुवाले आमासँग धर्मपुत्र पाल्ने प्रस्ताव राखे। नजिकै बसेर सुनिरहेकी थिइन्, लतिका। किन बुवा? किन चाहियो छोरा? उनले बाबुसँग सोधिन्। त्यतिबेला उनी जम्मा ६ वर्षकी थिइन्।
 
मेरो ब्यापारलाई अघि बढाउन अनि म मरेपछि पनि मेरो बिरासत थाम्नका लागि यौटा छोरा त चाहिन्छ! यसो भन्दै गर्दा उनका बुवा निरीह सुनिए किनभने उत्तराधिकारी छोरा नै चाहिने सामाजिक दबाबले उनी थिचिएका थिए।
 
जम्मा ६ वर्षकी लतिकाले आफ्ना बुवालाई ‘प्रोमिस’ गरिन् ‘तपाईंलाई कहिल्यै छोराको कमी महसुस हुन दिन्न। म तपाईंको ब्यापार पनि हेर्छु। प्लिज बुवा अरु कोही नल्याउनुस्’ ६ वर्षकी लतिकाले यसरी बुवालाई गरेको 'प्रोमिस'मा बुवा रतनले के देखे उनै जानुन्। लतिकाले भने त्यो 'प्रोमिस'मै जीवनभरको लक्ष्य समेटिन्।
 
बुवाको सोचाइमा परिवर्तन आयो। धर्मपुत्र पाल्ने बिचार उनले त्यसैबेला त्यागे। उनले छोरीहरुमाथि विश्वास गर्न थाले। छोरीहरुका ससाना गतिविधिमा ध्यान दिन थाले। सहयोग गर्न थाले। किताबका पाठहरु सम्झाए। सबैले सोध्थे ठूलो भएपछि के बन्छौं। उनी भन्थिन् पाइलट। अरु दंग पर्थे तर बुवाले भन्थे- ‘किन बन्ने पाइलट? तिमी त एयरलाइन्स कम्पनीकै मालिक बन्नुपर्छ अनि धेरै पाइलटहरु तिम्रो लागि प्लेन उडाउनेछन्।’
 
त्यसपछिका दिनहरुमा बुवाले कहिल्यै धर्मपुत्र पाल्ने कुरा गरेनन् बरु छोरीहरुलाई ठूला सपना देख्ने बनाए। एकदिन उनले कहिल्यै नबिर्सने गरी लतिकालाई गुरुमन्त्र दिए- ‘एम फर दि स्टार्स!’

हरेक जन्मदिनमा बुवाले जिस्क्याउँथे- सानैदेखि तिमीले बिल गेट्स बन्छु भनेकी छौं ‘गेट्स’ बन्न नसके ‘विन्डो’ सम्म भएपनि बन्नु! अहिले सम्झिन्छिन् त्यो बुवाको जिस्क्याई थिएन। त्यो त उनका सपनाहरुलाई ब्यूँझाइराख्ने अलार्म थियो। अब पनि नपढेर भो त? बुवालाई गुमाएको केही दिनमै उनी फेरि पुगिन् बुवाकै इच्छा अनुसारको बिसिआई कोर्स गर्न। 
---
उनी यस्तो परिवारमा जन्मिएकी थिइन् जहाँ महिलाहरु काम गर्दैनथे। उनकै आमा भन्थिन् ‘पछि गएर घरब्यबहार र बालबच्चा स्याहार्ने हो छोरीमान्छेले।’ तर बुवाले भने लतिकालाई फराकिलो आकाश र ताराहरु मात्रै देखाइरहे। १६ वर्षकै उमेरमा उनले बुवासँग बिदेश पढ्न जान अनुमति मागिन्।
 
त्यसबेला पनि उनले बुवालाई भनेकी थिइन्- ‘म एकदिन तपाईंले गर्व गर्न सक्ने सफल बिजनेस पर्सन बन्नेछु। मलाई बिल गेट्स जस्तै बन्नु छ, बुवा मलाई जान दिनुस्।’ दोस्रो पटक बुवाले छोरीमा दृढ विश्वास देखे।  उनले छोरीलाई बेलायतको प्रसिद्ध युनिभर्सिटी अफ लिड्समा पढ्न पठाए जहाँ लतिकाले बिजनेस म्यानेजमेन्ट र कम्प्युटर पढिन्।

 
बुवाले भने लतिकालाई फराकिलो आकाश र ताराहरु मात्रै देखाइरहे। १६ वर्षकै उमेरमा उनले बुवासँग बिदेश पढ्न जान अनुमति मागिन्। त्यसबेला पनि उनले बुवालाई भनेकी थिइन्- ‘म एकदिन तपाईंले गर्व गर्न सक्ने सफल बिजनेस पर्सन बन्नेछु। मलाई बिल गेट्स जस्तै बन्नु छ, बुवा मलाई जान दिनुस्।’ 
---

लेट मि ट्राइ दिस

यतिबेला लतिका फलाम, ईंटा र गिटीका थुप्रामाथि हिँडिरहेकी छिन्। सन् २०१९ को पहिलो त्रैमाससम्ममा उनले ‘हायत प्लेस काठमाडौं’लाई आकार दिइसक्नुपर्ने छ। होटलका लवीमा सजाउने चित्रहरु कस्ता हुनेसम्मका खाका उनले तयार पारिसकेकी छिन्। कहिले हायतका अधिकारी त कहिले साइटका लेबर सबैसँग डिल गर्नु उनको दैनिकी हो।
 
सन् २०२० लाई पर्यटन बर्षका रुपमा मनाउने घोषणा भैसकेको छ। उनी यही समयलाई क्यास गर्न चाहन्छिन्। उनकालागि सन् २०२० चुनौती र अवसर दुवैले भरिएको छ। उनले यहि मेसो पारेर हायत प्लेस काठमाडौंलाई अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने बताइन्।   
 
साइटमा कसरी काम भइरहेको छ उनी आफैँ हेर्छिन्। कामदारको सुरक्षा चिन्तादेखि 'टप पार्टी'सँगको 'ब्रिफिङ'सम्म उनैले लिन्छिन्। निर्माण ब्यबसायको क्षेत्रमा सँधै पुरुषहरु नै 'डिल' गरिरहेका हुन्छन् तर उनी अपवाद भइन्। कतिपय मानिसहरु मलाई यहाँ देखेर अचम्ममा परेको देख्छु ‘ह्वेर इज द म्यान?’ भनेझैं गरी हेर्छन् मलाई।
 
नेपाल र भारतमा अझै पनि महिलाहरुलाई कमजोर बर्गका रुपमा हेरिन्छ जुन सबैभन्दा गलत छ। यो ट्रेन्ड हामीले नै बदल्ने हो। बिस्तारै बदलिइरहेको पनि छ। पूर्वाधार निर्माणमा महिलाहरु किन आउनुहुन्न? लतिका उल्टै प्रश्न गर्छिन्।
 
‘मलाई सानैदेखि चुनौतीपूर्ण 'प्रोजेक्ट'मै रुची छ। मैले यो चाहीँ गर्न सक्दिन भन्ने मलाई कहिले लाग्दैन। नयाँ प्रोजेक्टहरुको कन्सेप्ट आउनासाथ म भनिहाल्छु ‘लेट मि ट्राइ दिस।’ लतिकाको यहि कन्फिडेन्सले नै उनलाई गोल्यान ग्रुपको एकमात्र ‘महिला’ डाइरेक्टर बनाएको हो। त्यसैले उनी अहिले मैदानमा डटिरहेकी छन्।
 
यो कसरी सम्भव भयो? उनी भन्छिन्- हामी संयुक्त परिवारमा छौं। मेरा काका ससुरा पबन गोल्यानले ममाथि विश्वास गर्नुभयो। विवाहपछि अरु महिला जस्तै मेरो जिन्दगी घरभित्रै सिमित हुने भो भन्ने चिन्ता त्यतिबेलै  हरायो जब मलाई उहाँले थप पढाइकालागि बिदेश पठाउनुभयो।
 
बिहेपछि नै मैले मेरा सपना, मेरो बुवालाई दिएको ‘बचन’, मेरो जीवनको उद्देश्यबारे सम्पूर्ण परिवारलाई सुनाएँ उहाँहरुले मेरो इच्छा बुझिदिनुभयो। मेरो क्षमता  आँकलन गर्नुभयो, अघि बढ्न मद्दत पनि।

निर्माण सकिएपछि यस्तो देखिनेछ होटल
 

टप बिजनेस हाउसको सपना

घरका महिला सदस्यहरु गृहिणीकै भूमिकामा रहँदा उनी भने १५६ कोठाको तारे होटलसँगै नजिकै बनिरहेको रेसिडेन्सियल अपार्टमेन्टलाई ‘ड्रिम होम’का रुपमा तयार पारिरहेकी छिन्। गोल्यान ग्रुपले यस अघि तयार पारिसकेको बेस्टर रेसिडेन्सीको निर्माण र बजार प्रवर्द्धनमा उनी सहभागी भैसकेकी थिइन्। त्यसले निर्माण क्षेत्रमा उनलाई थप अनुभवी बनाइदियो।
 
यो अपार्टमेन्ट हामीले आँखा चिम्म गर्दा आउने सपनाको घर जस्तै हुने लतिकाको दावी छ। ४४०० बर्ग फिटका लग्जरी अपार्टमेन्टहरु सामान्य मानिसको सपनाको घर त पक्कै होइनन्। २० हजार रुपैयाँ प्रतिबर्ग फिटका दरले तयार भैरहेका यी अपार्टमेन्ट ‘अपर क्लास’ले देख्ने सपना पूरा गर्नका लागि बनाइएको छ, उनैले बताइन्।
 
यो प्रोजेक्ट सकिएलगत्तै एयरपोर्ट नजिकै अर्को होटल बनाउने योजना पनि पाइपलाइनमा छ। कन्स्ट्रक्सनमा रुचि भए पनि जहाँ उनको आवश्यकता पर्छ उनी त्यहि कम्पनीको नेतृत्व गर्ने बताउँछिन्। जसरी हुन्छ कम्पनीहरुको पर्फर्मेन्स बढाउनुपर्छ - उनले भनिन्।
 
गोल्यान ग्रुपलाई प्रोफेसनालिज्मको अर्को तहमा पुर्याउने उनको योजना छ। यसैकालागि अहिले उनी साताको एकपटक भारत पुग्छिन्। जहाँ उनले बिसिआईको स्पेशल कोर्स गरिरहेकी छिन्। यो कोर्सले कम्पनीहरुलाई प्रोफेसनल बनाउन र अटोपाइलटमा संचालनकालागि मद्दत पुग्ने उनले बताइन्। उनले भनिन्, ‘गोल्यान ग्रुपलाई देशकै टप बिजनेस हाउस बनाउन चाहन्छु।’
 
ब्यस्त दैनिकी छ। त्यसमाथि ६ र ४ वर्षका दुई बच्चाको जिम्मेवारीबाट अलग्गिएर हप्ताको एक दिन भारत पुग्नु र पढाईसँगै बुवाको वेयरहाउसको बिजनेसलाई पनि हेर्नु उनकालागि सहज छैन। उनलाई बुवाले नै भनेका थिए ‘बिसिआई कोर्स जसरी पनि गर्नु।
 
तिमीलाई जहाँ पुग्नु छ त्यसकालागि यो जरुरी छ।’ साना दुई बच्चा, कम्पनीको जिम्मेवारी त्यसमाथि सातामा एकपटक भारत पुग्दै पढ्न सकिएला र? हिम्मत जुटाउन नपाउँदै चेन्नइबाट खबर आयो बुवाले क्यान्सरलाई जित्न सक्नुभएन।
 

सुन्दा कोरा कल्पना जस्तो लाग्न सक्छ। कुनै बैज्ञानिक पुष्टि भएको तथ्य पनि होइन यो। तर सकारात्मक सोचका साथ प्रयास गरिरहने हो भने लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने नै किताबको सार हो। दि सेक्रेट जतिले पढ्छन् ती सबैले आफ्नो लक्ष्यमा अघि बढ्नका लागि प्रशस्त उर्जा पनि पाउँछन्। ‘दि सेक्रेट’ पढेर ओप्राले जे भनिन्, यहि त भनिन् लतिका गोल्यानले पनि। 
---
 

गेट्स’देखि ‘विन्डोसम्मका कुरा

हरेक जन्मदिनमा बुवाले जिस्क्याउनु हुन्थ्यो - बिल गेट्स बन्छु भनेकी छौं ‘गेट्स’ बन्न नसके पनि ‘विन्डो’ सम्म भए पनि बन्नु! अहिले सम्झिन्छिन् त्यो बुवाको जिस्क्याई थिएन।  त्यो त उनका सपनाहरुलाई ब्यूँझाइराख्ने 'अलार्म' थियो। अब पनि नपढेर भो त? बुवालाई गुमाएको केही दिनमै उनी फेरि पुगिन् बुवाकै इच्छा अनुसारको बिसिआई कोर्स गर्न।
 
कामको दौडधुपकाबीच पढ्नका लागि समय निकाल्दा छोराछोरीले सोध्छन्, आमा तपाईंले किन पढेको? बच्चाहरुले मात्र पढ्ने होइन र? उनी बच्चाहरुलाई सम्झाउँछिन्। ‘हामी सबैले सँधै सिकिरहनुपर्छ। पढ्ने क्रम जीवनभर चलिरहन्छ।
 
ठूलो लक्ष्यमा पुग्नकालागि सँधै सानो-सानो पाइला चालिरहनुपर्छ कहिल्यै रोकिनु हुँदैन।’ अब बच्चाहरुले बुझ्न थालिसकेका छन् आमाको 'भिजन बोर्ड'मा धेरै सपनाहरु टाँगिएका छन्, लतिका मुस्कुराइन्।
 
२१ वर्षको उमेरमा उनले आफ्नो ओबिचुरी लेखिन् अनि २१ वर्षकै उमेरमा उनी विवाह गरेर नेपाल भित्रिइन्। १४ वर्ष भयो उनले हरेक वर्ष आफ्नो ओबिचुरी पढ्न थालेको। हरेक बर्ष त्यसलाई दोहोर्याइरहँदा त्यसमा उनी जीवन बाँच्ने कला खोज्छिन्।
 
हो, यहि बेला जम्मा ६ वर्षकी लतिकाले आफ्ना बुवालाई ‘प्रोमिस’ गरिन् ‘तपाईंलाई कहिल्यै छोराको कमी महसुस हुन दिन्न। म तपाईंको व्यापार पनि हेर्छु। प्लिज बुवा अरु कोही नल्याउनुस्’ ६ वर्षकी लतिकाले यसरी बुवालाई गरेको प्रोमिसमा बुवा रतनले के देखे उनै जानुन्। लतिकाले भने त्यो प्रोमिसमै जीवनभरको लक्ष्य समेटिन्। 
---

जब लेखिन आफ्नै ओबिचुरी

आफू मरेपछि अरुले आफूलाई कसरी सम्झेलान्, कल्पेर लेखिएको ओबिचुरीमा के लेखिएको होला?
 
‘सफल जीवन बिताएकी एक महिला जसले सँधै ठूला सपना देखिन् र त्यसलाई पूरा गर्ने दृढता राखिन्। पूरा हुन्छ भन्नेमा विश्वास गरिन् त्यसै अनुसारको मेहनत पनि।’ ओबिचुरीमा समाजले उनलाई कसरी सम्झन्छन् भन्ने कल्पना गरिएको छ त्यसकै ‘इण्ड रिजल्ट’कालागि अहिले उनले काम गरिरहेकी हुन् रे।
 
‘मैले कति साथीहरुलाई पनि भनेकी छु आफ्नो ओबिचुरी लेख यसले ‘जीवन बिताउनु’ र ‘लक्ष्यकासाथ जीवन बिताउनु’को अन्तर थाहा हुन्छ भनेर’- गजबको आत्मविश्वास छ उनमा।
 
दिमागमा ‘लक्ष्य’ राखेर हिँडेन भने जीवनले जथाभावी डोहोर्याउँछ। हरेक बिहान उठेर लतिका आफ्नो भिजन बोर्ड हेर्छिन्। उनको भिजन बोर्डमा योजनाहरु छन्।
 
उनी बार्षिक रुपमा योजना बनाउँछिन्। त्यसलाई ६ महिना र पछि मासिक रुपमा गर्ने गरी छोट्याउँदै लान्छिन्। उनलाई थाहा छ बार्षिक योजना बनाएर राख्दैमा काम हुँदैन। त्यसैले उनी मासिक रुपमै टार्गेट सेट गर्छिन् र के के काम भए के के बाँकी छन् लेख्छिन्। हरेक महिना उनी त्यसलाई समीक्षा गर्छिन् आफ्नै कमजोरी र सबल पक्ष केलाउँछिन्।
 
उनलाई थाहा छ उनले देखेको सपना ठूलो छ। बुवासँग गरेको ‘प्रोमिस’ पूरा गर्नुछ। उनको भिजन बोर्डमा फोर्ब्स पनि छ। उनलाई एकदिन फोर्ब्सको बिलेनियर क्लबमा प्रवेश गर्नुछ! उनलाई रोन्डा ब्रायनले कानैमा आएर साउती मारेजस्तो लाग्छ रे- “दृढ इच्छाशक्ति भए सपना असम्भव छैन!”

Share this Story

   

काठमाडौंमा लतिकाको 'चेन्नई एक्सप्रेस', चुनौतीमा रमाउँदै गोल्यान समूहकी 'दि सिक्रेट' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.