एसबिआइ बैंक र पिएनबीले विदेशमा रहेका आफ्ना शाखा बन्द गर्ने, यस्तो छ बन्द गर्नुको कारण

बिजमाण्डू
२०७५ साउन ७ गते १०:५८ | Jul 23, 2018

 
मुम्बइ। भारतका केही बैंकले विदेशमा रहेका आफ्ना शाखाहरुमध्ये अधिकांस बन्द गर्ने भएको छ। भारतका सरकारी बैंकहरुको विदेशमा कुल २१६ वटा शाखा छन्। 
 
सरकारी नीति अनुसार कुल शाखामध्ये ७० वटा २०१८ को अन्तिमसम्म बन्द गरिसकिने छ। साथै शाखावाहेक बैंकले दिँदै आएका अन्य सेवा पनि बन्द हुन्छन्।
 
वित्त मन्त्रालयका वरिष्ठ अधिकारीहरुले शाखा र सेवा बन्द गर्ने कुराको पुष्टी गरेका हुन्। स्टेट बैंक अफ इण्डिया (एसबिआइ), पञ्जाब नेशनल बैंक (पिएनबी), इण्डियन ओभरसिज बैंक, आइडिबिआइ बैंक र बैंक अफ इण्डियाले विदेशमा दिइरहेको आफ्नो सेवामा भारी कटौती गर्न लागेको हो।
 
सरकारले खर्च घटाउने र पूँजी बचाउनका लागि यस्तो कदम चाल्न लागेको हो। सरकारले खाडी देशमा रहेका शाखाहरु पनि बन्द गर्ने छ।

Tata
GBIME
Nepal Life