जथाभाबी बाटो नकाट्नुस्, जेब्रा क्रसिङ र आकाशे पुल प्रयोग नगर्नेलाई सडकमै प्रशिक्षण

बिजमाण्डू
२०७५ असार ३१ गते १२:५० | Jul 15, 2018

Tata
GBIME
Nepal Life

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी सडक काट्ने पैदल यात्रुका लागि आजदेखि नयाँ व्यवस्था लागू गरेको छ।

 

जेब्रा क्रसिङ र आकाशे पुल भएका स्थानबाट बाटो नकाट्ने यात्रुहरूले अब ट्राफिक प्रहरीको दुई घन्टे प्रशिक्षण लिनु पर्ने महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए।

पहिलो चरणमा प्रहरीले राजधानीमा १२ स्थानमा यस्तो कार्यक्रम गर्न लागेको हो।

कोटेश्वर, ठिमी, नयाँ बानेश्वर, थापाथली, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगन्ज, कालिमाटी र जावलाखेलमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।

एसएसपी पन्तले भने 'पैदल यात्रुले जथाभाबी बाटो काट्ने गरेकाले सचेत बनाउन केही समय प्रशिक्षण गर्न लागेका हौँ।'

महाशाखाले यसअघि जथाभावी काटो काट्ने पैदलयात्रीकालागि २ सय रुपैयाँ जरिवाना गरेको थियो। चौतर्फी आलोचना भएपछि तत्कालीन गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त व्यवस्था हटाइएको थियो।