विदेशी बैंक नेपाल किन आएनन्? बाटो खोल्न राष्ट्र बैंक ‘लाइसेन्सिङ’ नीति पुनरावलोकन गर्दै

बिजमाण्डू
२०७५ असार २९ गते २२:२८ | Jul 13, 2018

 
काठमाडौं। विद्यमान ऐन नियमका कारण विदेशी बैंकहरु नेपाल आउन आकर्षित नभएपछि राष्ट्र बैंकले लाइसेन्सिङ नीतिमा पुनरावलोकन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्दै लाइसेन्सिङ नीति पुनरावलोकन गर्ने घोषणा गरेको हो।
 
विदेशी बैंकको नेपालमा श खा तथा प्रतिनिधि कार्यालय स्थापना गर्ने सम्बन्धि अहिलेको नीतिबाट विदेशी बैंक आकर्षित नभएको राष्ट्र बैंकको ठम्याइ छ। 
 
एनएमबी बैंकको चुक्ता पूँजी बृद्धि गर्दा केही जटिलता आएपछि राष्ट्र बैंकले विदेशी संयुक्त लगानीमा खुलेका बैंक तथा वित्तीय संस्थाका लागि इजाजतपत्र नीति (लाइसेन्सिङ पोलिसी) आंशिक संशोधन गरेको थियो।
 
राष्ट्र बैंकले पूर्ण रुपमा पुनरावलोकन गर्नका लागि आफ्नो पाँच बर्षे रणनीतिक योजनामा पनि यसलाई समेटेको छ। नेपाली ऐन नियमका कारण शाखा र कार्यालयहरु खोल्न विदेशी बैंकहरु अनिच्छुक देखिएपछि राष्ट्र बैंकले पुनरावलोकन गर्ने नीति लिएको हो।

Tata
GBIME
Nepal Life