नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड, जीवन बीमा कोषमा ५० अर्ब रुपैंयाँ






काठमाडौं।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ।बीमा समितिको तोकेको चुक्ता पूँजी भन्दा यो दोब्बर भन्दा बढी हो।


समितिले २ अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ।समितिको निर्देशनपछि अधिकांश बीमा कम्पनीले हकप्रदको सहारा लिएपनि चुक्ता पूँजी पुर्याउन सकेका छैनन्।कम्पनीले देशभरका १ सय २५ भन्दा बढी शाखा र उपशाखा छन्।कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ पाइसकेको छ ।

विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ पनि यो कम्पनीलेे पाएको थियो। कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा)बोनश दिएको जनाएको छ।यो सबैभन्दा बढी बोनश दिने बीमा कम्पनीमा पर्छ।  नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीको अधिकृत पूँजी रु ८ अर्ब, चुक्तापूँजी रु ४  अर्ब ३९ करोड रुपैयाँ रहेको जनाएको छ।

पूँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र ठूलो बीमा कम्पनीको रूपमा रहेको यस कम्पनीको लगानी रु ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५० अर्ब रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति बीमित भइसकेको कम्पनीले जनाएको छ।

Share this Story

   

नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड, जीवन बीमा कोषमा ५० अर्ब रुपैंयाँ को लागी ३ प्रतिक्रिया(हरु)

रमेश[ 2018-07-12 12:44:25 ]
नेपाल लाईफको न्यूनतम बोनस ६२ रू हो । किन होला विज्ञापनमार्फत नागरिकहरूलाई सही तथ्य नदिएर ६५ रू भनिएको हो । विजमाण्डुमार्फत जानकारी जनतामाझ आओस् ।

   हालसम्म २६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


ravi k[ 2018-07-09 10:15:51 ]
Nepal Life ko nyunattam ghosit bonus darr Rs. 65 nai rahexa. aghi ko comment ma mistake vo.

   हालसम्म ३२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


ravi k[ 2018-07-09 10:08:00 ]
Nepal Life le Rs. 62 dekhi Rs. 82 rupaiya bonus 'Share Dhani' lai dine hoina, munafa ma sahavagi hune bimit lai dine ho.
Nepal Life ko nyunattam bonus darr Rs. 65 hoin Rs. 62 ho.
Nepali Bima bazaar ma sarwadhik bonus darr Rs. 85 xa, jun ki Nepal Life le navayera Asian Life Insurance le 30 barse jivan bima yojana ma ghosana gareko xa.

   हालसम्म ४३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.