काठमाडौं।नेपाल आयल निगमले आइतबार रातीदेखि लागु हुने गरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य घटाएको छ।
निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य २ रुपैयाँ मूल्य घटाएको छ।अब पेट्रोल १ सय १० रुपैयाँ र डिजल ९३ रुपैयाँ लिटरमा उपभोक्ताले पाउनेछन्।नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा प्रति लिटर ६२ पैसा र डिजलमा लिटरमा २ रुपैयाँ ४३ पैसा घाटा छ।
निगमलार्इ १५ दिनमा ७ करोड ८४ लाख रुपैयाँ घाटा हुनेछ।इण्डियन आयल कर्पोरेशन(आइओसी)ले जुन १५मा पठाएको मूल्य अनुसार निगमले पेट्रोल र डिजलको मूल्य घटाएको हो।आइओसीले प्रत्येक १५ तारिखमा पेट्रोल,डिजल र मट्टितेलको मूल्य र १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ।