सिटिजन्स बैंकको बिराटनगरमा आफ्नै भवनबाट कारोबार, बिभिन्न स्थानमा शाखा बिस्तार गर्दै

बिजमाण्डू
२०७५ असार ३ गते १४:१० | Jun 17, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंकले बिराटनगरमा आफ्नै भवनबाट कारोबार सुरु गरेको छ। बैंकले रंगेली रोड स्थित आफ्नै भवनमा शाखा स्थानान्तरण गरेको जनाएको छ।

नयाँ भवनबाट बैंकले नयाँ योजनाहरु प्रभावकारी ढंगले संचालन गर्ने बिराटनगर शाखा प्रबन्धक सुमन निरौलाले बताए।

सिटिजन्स बैंकले देशभरीका ७४ शाखा ७० एटिएम तथा ९९ शाखारहित बैंकिङ इकाइहरुबाट सेवा दिँदै आएको जनाएको छ।

बैंकले छिटै नै प्यूठानको झिमरुक, रुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा थप शाखा संचालनमा ल्याउने जनाएको छ।