काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टील गुणस्तरहीन पाइएपछि एनएस चिन्ह खारेज गरेको छ।यो उद्योगले उत्पादन गर्ने एफइ-५०० ग्रेडको एनएस विभागले खारेज गरेको हो।यो उद्योगमा भाटभटेनी समूहको लगानी छ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको गुणस्तर अनुसार उत्पादन नभएकोले एनएस खारेज गरेको बताए।‘टेन्साइल प्रपर्टी पाँच सय हुनुपर्नेमा साढे चार सय मात्रै भएको भेटियो’उनले बिजमाण्डूसँग भने,टेन्साइल कम हुँदा भारवहन क्षमता कमजोर हुन्छ।त्यसैले हामीले एनएस खारेज गरेका हौं।उनका अनुसार कम्पनीले यो उत्पादन पूर्ण रुपमा बन्द हुनेछ भने बजारमा बिक्री वितरण समेत गर्न पाउँदैन।
पुडासैनीले बजारमा पठाएको यो डन्डीको समेत नमूना परीक्षण भइरहेको बताउँदै गुणस्तरहीन भए जफत गर्ने जानकारी दिए।‘हामीले नमूना परीक्षण गर्दा कमजोर रहेको पाइसकेपछि उद्योगका कर्मचारीहरुले पनि गल्ती रहेको स्वीकार गरिसक्नुभएको छ’उनले भने,यो उद्योगबाट उत्पादन भएका अन्य उत्पादनको समेत गुणस्तर परीक्षण गरिरहेका छौं।दोषी देखिए ती उत्पादनको समेत एनएस खारेज गर्छौं।‘यो उद्योगले एनएस १९१ प्राप्त गरेको थियो । ८ देखि ३२ एमएमसम्मका एफई ५ सय ग्रेडका रिड छडमा कम्पनीले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको थियो । उद्योगले कच्चा पदार्थ छनोटदेखि उत्पादनसम्ममा न्यूजिल्याण्डको प्रविधि प्रयोग गरेको दाबी गरेको थियो।