महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व बहन गर्यो, मृगौलारोगीलाई ५० हजार सहयोग

बिजमाण्डू
२०७५ जेठ १३ गते १७:०५ | May 27, 2018

काठमाडौं। महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मृगौला रोगीलाई सहयोग गरेको छ। बैंकको भक्तपुर शाखाले काभ्रे बेथानचोकका ३७ वर्षीय पूर्णमान तामाङलाई उपचारकालागि ५० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकका बरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले मृगौला रोगी तामाङलाई चेक हस्तान्तरण गरेका थिए। मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका तामाङको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार खर्चका रुपमा सहयोग गरेको बैंकले जारी गरको प्रेस बिज्ञप्तीमा  उल्लेख छ।

बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यकमहरु गर्दै जाने जनाएको छ।