वित्तीय प्रणालीमा प्रदेश ३ को होल्ड, कर्जामा ५७ र निक्षेपमा ७२ प्रतिशत हिस्सा, कसको कति?

बिजमाण्डू
२०७५ जेठ १३ गते १६:५५ | May 27, 2018

काठमाडौं। बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनेमा प्रदेश नं ३ का जनता अब्बल देखिएका छन्। वित्तीय प्रणालीमा जम्मा हुने निक्षेप र बैंकबाट कर्जा प्रवाह भएको कर्जाको अनुपातमा यो प्रदेश सबैभन्दा अगाडि छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा वित्तीय संस्थाबाट प्रवाह भएको कूल कर्जामध्ये ५६.९ प्रतिशत तीन नं प्रदेशमा गएको देखिएको आर्थिक सर्भेक्षणमा उल्लेख भएको विवरणअनुसार त्यसपछि प्रदेश नं १ मा १२ प्रतिशत, ५ मा १० प्रतिशत, ४ मा ९ प्रतिशत २ मा ७.७ प्रतिशत, प्रदेश ७ मा ३ प्रतिशत र कर्णाली प्रदेशमा १ प्रतिशत कर्जा प्रवाह भएको छ।

यस्तै वित्तीय संस्थामा निक्षेप जम्मा गराउने पनि प्रदेश नै ३ नै अघि छ। कूल निक्षेपमा यो प्रदेशको योगदान ७१.७ प्रतिशत रहेको छ। दोस्रोमा प्रदेश नं ४ बाट ८ प्रतिशत योगदान रहेको छ।

यस्तै प्रदेश नं १ बाट ६ प्रतिशत, द २ बाट ४.३ प्रतिशत, ५ बाट ७ प्रतिशत, ६ बाट १ प्रतिशत र ७ बाट २ प्रतिशत योगदान निक्षेपमा रहेको आर्थिक सर्भेक्षणमा उल्लेख छ।