महारानी’ शब्द रेकर्डबाट हटाउन सुवास नेम्वाङको माग, ‘आजकल मैले पनि रेल चढेको सपना देख्न थाले’

बिजमाण्डू
२०७५ जेठ ११ गते ११:५१ | May 25, 2018
काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानी भनेर सम्बोधन गरिएको शव्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पूर्वसभामुख नेम्वाङ उक्त शब्द संसदीय मर्यादाविपरीत रहेको भन्दै हटाउन माग गरेका हुन्। नेम्वाङले भने ‘महारानी शब्द के अर्थमा भनियो त्यो संसद्को रेकर्डबाट हटाउन माग गर्दछु।’
 
बिहीबारको छलफलमा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले राष्ट्रपतिलाई महारानी बनाउने प्रयास भएको बताएका थिए।छलफलका क्रममा नेम्वाङले सरकारले नीति तथा कार्यक्रम दलले जनतासामु गरेको बाचा अनुसार नै ल्याइएको बताए। नीति तथा कार्यक्रम पहिलेभन्दा फरक र जनअनुमोदित भएको दाबी गरे।
 
छलफलमा नेम्वाङले भने ‘नीति कार्यक्रममार्फत सरकार र हामीले सपना देखेको हो। यहाँ जे प्रस्तुत ग¥यौँ ती सपना जनताबीच प्रस्तुत गरेका थियौँ। अरु दलले पनि त्यो सपना प्रस्तुत गरेका थिए। ज्नताले अरुबेला अन्य मित्रहरुले प्रस्तुत गरेका सपनालाई जनताले विश्वास गरेका थिए।’
 
सदनमा छलफलमा भाग लिँदै नेम्वाङले आजकाल आफूले पनि नेपाल हुँदै युरोप पुग्ने सपना देखेको बताए।
 
उनले भने ‘एकजना मित्रले त वीरजंजबाट रेल चढेर आएको सपना नै देख्नुभएछ । यसपछि म पनि उत्प्रेरित भएँ भन्नलाइ। जेठ ७ गते नीति कार्यक्रम प्रस्तुत भए पश्चात म पनि आजकाल काठमाडौँदेखि लुम्बिनी, काठमाडौँदेखि वीरगन्ज, काठमाडौँदेखि पोखरामात्र हैन पाँच वर्षमा काठमाडौँबाट दिल्ली पुग्ने, दिल्लीबाट युरोप पुग्ने सपना देख्न थालेको छु।’
 
हिजो जनताका बीचमा देखेको सपनालाई नीति कार्यक्रममार्फत सदनमा प्रवेश गरेको नेम्वाङको भनाई छ। सरकारले नीति तथा कार्यक्रम बोक्ने बजेट ल्याननुपर्ने उनले बताए।
 
 

Tata
GBIME
Nepal Life