यामाहाको फ्यासिनो स्कुटर सुनौलो रंगमा आयो, एक्सचेन्जमा ७०% सम्म मूल्य पाइने

बिजमाण्डू
२०७५ जेठ ७ गते १३:३७ | May 21, 2018
यामाहाको फ्यासिनो स्कुटर सुनौलो रंगमा आयो, एक्सचेन्जमा ७०% सम्म मूल्य पाइने

काठमाडौं। यामाहा बाइकको अधिकृत विक्रेता एमडब्लु इन्टरप्राइजेजले तीन नयाँ रंगमा फ्यासिनो स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले ग्ल्यामरस गोल्ड, डेपर ब्लु र बिमिङ ब्लु तीनवटा रंगमा फ्यासिनो ल्याएको हो।  

Tata
GBIME
Nepal Life

यामाहाले आफ्नो सुपरमोडल स्कुटर फ्यासिनोलाई ग्ल्यामरस गोल्ड कलरमा सार्वजनिक गरेको जनाएको छ।   फ्यासिनो गोल्ड ग्ल्यामरसको उद्घाटन मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडाले गरिन्।  

नयाँ मोडलको फ्यसिनोमा पुरानोमा जस्तै एयर कुल्ड, चार स्ट्रोक, ब्लुकोर इन्जिन लगायतका सुविधा जडान गरिएको छ। स्कुटर खरिद गरेको १२ महिना देखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न सक्ने सुविधा पनि कम्पनीले दिएको जनाएको छ।

बर्षदिनमा साँट्न चाहेमा खरिद मूल्यको ७० प्रतिशत तथा १८ महिनादेखि चौध महिनासम्म स्कुटर एक्सचेन्ज गर्न चाहेमा ६५ प्रतिशत मूल्य दिइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार 'रिसेल प्रिमियम' आगामी तीन वर्षसम्म लागू हुनेछ। रिसेल प्रिमियम योजना कम्पनीले गत महिनादेखि लागू गरेको हो।