काठमाडौं।यति ब्रुअरीले एसियाकै ठूलो वियर कम्पनी युनाइटेड ब्रुअरीजको सहकार्यमा किङ्गफिसर वियर नेपाली बजारमा ल्याएको छ।
शुक्रबार एक कार्यक्रमबीच किङ्गफिशर वियरको बिक्री शुभारम्भ गरियो।युनाइटेड ब्रुअरी ग्लोबल वियर लिडर हेनेकेनको संयुक्त कम्पनी हो।किङ्गफिसरको प्रिमियम र स्ट्रङ वियर नेपाली बजारमा आएको हो।किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्ली तथा हप्सको प्रयोग गरिएको कम्पनीको दाबी छ।
युनाइटेड ब्रुअरीका प्रवन्ध निर्देशक शेखर राममुर्तिले किङ्फिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्राण्ड किङफिसर यति ब्रुअरीसँग सहकार्यमा उत्पादन गर्न पाएकोमा उत्साहित बनाएको बताए।यति ब्रुअरीका प्रवन्ध निर्देशक सञ्जिब सर्राफले दक्षिण एसियामा स्थापित वियर ब्राण्ड नेपाली बजारमा ल्याउन पाउँदा गौरबको अनुभव भएको बताए।
कम्पनीले किङ्गफिसर प्रिमियम ६ सय ५० एमएललार्इ २ सय ७५ रुपैयाँ तोकेको छ।पाँच सय एमएलको क्यानको मूल्य २ सय १० रुपैयाँ छ।कम्पनीले किङ्गफिसर स्ट्रङ ६ सय ५० एमएलको मूल्य २ सय ३५ रुपैयाँ तोकेको छ भने क्यानको मूल्य १ सय ८० रुपैयाँ तोकेको छ।