दरवारमार्गमा फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा, १०० जनाभन्दा बढिलाई रोजगारी

बिजमाण्डू
२०७५ बैशाख ५ गते १०:१४ | Apr 18, 2018
दरवारमार्गमा फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा, १०० जनाभन्दा बढिलाई रोजगारी


काठमाडौं। नयाँ बर्षको अवसर पारेर राजधानीको दरबारमार्गमा फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ। संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको विज्ञप्तिमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

विभिन्न पेशा र व्यवसायमा आवद्ध केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई,  इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइने जनाइएको छ। हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक दर्शन भट्टराईले बताए।

लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको बताए। रेष्टुरेन्ट विहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ। विहान ११ बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि,  इभेन्ट तथा पार्टीहरु संचालन गरिने बताइएको छ। जसका लागि टेरेस रुम, भिआइपि रुप, लाईभ रुम,फेमेलि रुम लगायतको व्यवस्था गरिएको छ। साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने छ।

‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन्। दरबारमार्गमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ,’ सञ्चालक कुमार गुरुङले बताए। लाउञ्जमा झण्डै सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्।