कोलकात्ता बन्दरगाहमा १५ दिनमा यस्तो परिवर्तन, नेपाली व्यापारलार्इ किन राखियो प्राथमिकतामा?

बिजमाण्डू
२०७५ बैशाख २ गते १२:०४ | Apr 15, 2018
कोलकात्ता बन्दरगाहमा १५ दिनमा यस्तो परिवर्तन, नेपाली व्यापारलार्इ किन राखियो प्राथमिकतामा?

कोलकात्ता।वैकल्पिक बन्दरगाहको रुपमा विशाखापट्नम संचालनमा आएपछि कोलकात्ता बन्दरगाहले सुधार थालेको छ।

Tata
GBIME
Nepal Life

सरकारी स्वामित्वको कोलकात्ता बन्दरगाह झझण्टिलो हुन थालेपछि नेपाली व्यवसायीले वैकल्पिक पोर्टबाट समान ल्याउन थालेका थिए।कोलकात्ता बन्दरगाहमा नेपाली व्यवसायीले भोग्नु पर्ने ‘कन्जेशन’कन्टेनरको ट्राफिक जाम) र डेमरेज(विलम्ब शुल्क) समस्यालाई कम गर्दै नेपाली व्यापारलाई सहज बनाउन बन्दरगाह प्रशासनले गत अप्रिलबाट ‘नेपाल कस्टमर केयर सेल’ सञ्चालनमा ल्याएको छ। कोलकत्ता बन्दरगाहका सहअध्यक्ष  एस बालाजी अरुण कुमारका अनुसार कोलकात्ताबाट हुने निकासी/पैठारीको लागि भारत,बंगलादेश,भुटान र नेपाल मध्ये  नेपालको व्यापारलाई सहज बनाउन यो कदम चालिएको हो।

उनका अनुसार विगत केही वर्ष देखि नेपालमा कोलकात्ता भएर आयात गर्ने मालवस्तुको दर २७ प्रतिशतले वृद्धि भएको छ। नेपालका लागि स्थापना गरिएको नेपाल सेलको प्रमुखमा नोडल अफिसर पदमा कौसिक मुखर्जीलाई जिम्मेवारी दिइएको छ ।उनले नेपाली व्यापारीको समस्या समाधान गर्छन्। नेपाल कस्टम केयर सेलको अनलाइन सेवा उपलब्ध गराउन कोलकत्ता पोर्ट ट्रस्टकै मूख्य साइटमा नेपाल कर्नर भनेर  अनलाईन सेवा पनि सुचारु गरिएको मुखर्जीले बताए ।

‘साइटमा मेरो सम्पर्क नम्बर,ह्वाट्सएप नम्बर,ईमेल,मालवस्तु ह्यान्डलिङ शुल्क लगायतको विस्तृत जानकारी राखिएको छ,’उनले भने,‘यसले नेपाली व्यवसायीको कुनै पनि समस्या,जिज्ञासालाई समाधान गर्न मद्दत गर्नेछ ।’ अब नेपाली व्यवसायी घर बसेरै सामानका बारेमा जानकारी लिनसक्ने उनले बताए। १३ दिन भित्रै दर्जनौ फोन,एसएमएस तथा ईमेल प्राप्त भएको मुखर्जीले बताए। नेपाल भारतको व्यापारिक सम्बन्ध अझै मजबुत पार्न नेपाललार्इ प्राथमिकता दिइएको बन्दरगाहका ट्राफिक प्रबन्धक हिमान्शु शेखर बताउँछन् ।