महालक्ष्मी विकास बैंकको स्मार्ट बैंकिङ सुरुवात, अनलाइनबाटै बिजुलीको बिललगायत भुक्तानी

बिजमाण्डू
२०७५ बैशाख २ गते १२:०८ | Apr 15, 2018
महालक्ष्मी विकास बैंकको स्मार्ट बैंकिङ सुरुवात, अनलाइनबाटै बिजुलीको बिललगायत भुक्तानी
काठमाडौं। महालक्ष्मी विकास बैंकले स्मार्ट बैंकिङ  सोलुसनको सुरुवात गरेको छ। बैंकले नयाँ बर्षको उपलक्ष्य पारेर ग्राहकका लागि नयाँ सेवा ल्याएको हो। 


 
नयाँ सेवाको उद्घाट डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन्। सबैभन्दा बढि चुक्ता पूँजी भएको विकास बैंक महालक्ष्मीको नयाँ सेवा अन्तर्गत अनलाइनबाटै अबदेखि बिजुलीको बिल पनि तिर्न सकिन्छ। 
 
साथै टेलिकम, इन्टरनेट आदिको बिल पनि भुक्तानी गर्न सकिने प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए। औपचारिक कार्यक्रम गरेर बैंकले नयाँ सेवा सार्बजनिक गरेको हो। बैंकले चाँडै भाइवर बैंकिङ पनि थप्दैछ। 
 

Tata
GBIME
Nepal Life